Nepal Times
Nepal Times
3
Shares

युवा सहभागिता विना समृद्ध नेपाल अपुरोः मुख्यमन्त्री राई

युवा सहभागिता विना समृद्ध नेपाल अपुरोः मुख्यमन्त्री राई

३२ साउन ,विराटनगर ।
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले युवाहरुबाट ठूलो अपेक्षा राखेको बताएका छन् । उदयिन नेपाल नामक युवाहरुको संस्थाको शनिबार विराटनगरमा शुभारम्भ गदै मुख्यमन्त्री राईले युवाहरुको सहभागिता बिना समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा हुन नसक्ने बताए ।

उनले दुब्र्यसन मुक्त प्रदेश बनाउन समेत युवाहरुको भुमिका महत्वपूर्ण रहने बताए । मुख्यमन्त्री राईले युवाहरुलाई उत्पादनशिलतासंग जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउदै त्यसकालागि युवा केन्द्रीत विभिन्न कार्यक्रमहरु ल्याइएको बताए । युवाहरुलाई उद्यमशिलतासंग जोड्न प्रदेश सरकारले यसबर्ष २० करोड बजेट बिनियोजन गरेको समेत उनले जानकारी दिए ।

मुख्यमन्त्री राईले देशको अहिलेको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्न शिक्षा निति र पाठ्यक्रममा आवश्यक परिवर्तन गरेर अघि बढ्नुपर्ने आवश्यता रहेको समेत औल्याएका छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले समृद्ध नेपाल बनाउने बिषय युवाहरुकै आचारविचारमा निर्भर रहेको बताए । उनले सृजनशिल क्षमता र नैतिकता नै निर्णायक कुरा रहेको बताउँदै यसअघिको अनुभवी पुस्ताबाट दिशानिर्देश लिएर युवाहरु अघि बढ्नुपर्ने बताए । सामाजिक मुल्य मान्यता र नैतिकतालाई टेकेर अघि बढेमात्र समृद्धि सम्भव रहेको उनको भनाई थियो ।

नवगठित उदयिन नेपाल संस्थाले नयां पुस्तालाई चरित्रवान र नैतिवान बनाउन अभियान चलाउने अध्यक्ष अनुपमा बास्तोलाले जानकारी दिइन् । कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतले बोलेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.