×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

यू–१९ विश्वकपः भोलिदेखि सुपर सिक्स, नेपालको खेल कहिले ?

१५ माघ २०८०

१५ माघ, काठमाण्डौ ।
दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकप क्रिकेटमा मंगलबारबाट सुपर सिक्स चरणका खेलहरु हुँदैछन् । नेपालले जारी विश्वकपमा सुपर सिक्सको यात्रा तय गरिसकेको छ । समूह चरणमा अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै सुपर सिक्स पुगेको नेपाली टोली अब अर्को अभियानमा पनि आफूलाई परिष्कृत गर्दै टेस्ट राष्ट्रविरुद्ध जितको लक्ष्यमा रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले प्रतियोगिताको दोस्रो चरणमा ६÷६ टोलीका दुई वटा समूह बनाएर सुपर सिक्स खेलाउदै छ । भोलि सुपर सिक्सका ३ खेल हुने छन् । जहाँ न्युजिल्यान्ड र भारत तथा श्रीलंका र वेस्ट इन्डिज भिड्दा अर्को खेलमा आयरल्यान्ड र पाकिस्तान भिड्नेछन् ।

नेपालले भने सुपर सिक्सको पहिलो खेलमा बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्स खेल्ने सबै १२ टोलीको तय हुँदा समूह चरणमा बलियो नतिजासहित सुपर सिक्स पुग्ने टोली सेमिफाइनलका लागि मुख्य दाबेदारका रूपमा रहेका छन् । सुपर सिक्सको एउटा समूहमा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड रहँदा सुपर सिक्सको अर्को समूहमा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् ।

दुबै समूहका शीर्ष २–२ टोलीबीच सेमिफाइनल खेल हुनेछ । अन्य सुपर सिक्सभन्दा जारी विश्वकपको सुपर सिक्स फरक छ । समूहमा ६ वटा टोली भए पनि हरेकले सबैसँग खेल्दैनन् । पहिलो चरणमा खेलेका टोलीसँग फेरी प्रतिस्पर्धा गर्नुपर्दैन । नेपाल आफ्नो समूहको तेस्रो भएकाले अर्को समूहबाट तेस्रो भएर आउने टोलीसँग पनि प्रतिस्पर्धा गर्नु नपर्ने नियम छ ।

त्यसैले नेपालले सुपर सिक्समा केवल दुईवटा खेल खेल्ने छ । समूहमा रहने अन्य ५ टोलीले पनि २÷२ खेल खेल्नेछन् । त्यसो हुँदा सुपर सिक्समा नेपालले दुई खेल खेल्ने छ । नेपालले भारत र बंगलादेशसँग खेल्ने छ । समूह चरणमा आफूले पराजित गरेको टोली सुपर सिक्समा पुगेमात्र अंक ‘क्यारी’ हुने भएकाले नेपालको सेमिफाइनल सम्भावना भने निकै कमजोर छ ।

नेपालले ‘सुपर सिक्स’ मा बंगलादेश र भारतलाई हराए पनि सेमिफाइनल पुग्नका लागि अंक पर्याप्त नहुन सक्छ । आफ्नो जितसँगै अन्य टोलीको नतिजासमेत भरपर्नु पर्ने छ । यस्तोमा नेपालको नतिजाले उपाधि दाबेदार टोलीलाई बाहिर पठाउने या सेमिफाइनल पठाउने निर्णयमा भने प्रभावकारी ठहरिन सक्छ । समूह चरणमा नेपालले अफगानिस्तानलाई मात्र हराएको थियो ।

अफगानिस्तान समूह चरणबाटै बाहिरियो, त्यसैले नेपाल शून्य अंकका साथ ‘सुपर सिक्समा’ छ । पाकिस्तान र भारत दुवै समूह विजेता बन्दै ४–४ अंकका साथमा ‘सुपर सिक्स’ मा रहँदा नेट रनरेट पनि उनीहरुको निकै राम्रो छ । यस्तोमा नेपालले भारत र बंगलादेशलाई हराएपनि सेमिफाइनल नपुग्ने सम्भावना प्रवल छ । त्यस्तै समूहमा न्युजिल्यान्ड र बंगलादेश २–२ अंकका साथमा रहँदा नेपाल र आयरल्यान्डमात्र अंकविहीन छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top