×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

यौन धन्दाबाट धनी बनाउने कांग्रेसको योजना ? विश्वमा के छ ?

३ चैत्र २०८१

४ चैत , काठमाण्डौ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने विवादित अभिब्यक्ति दिएपछि यसको ब्यापक आलोचना भएको छ ।

आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सचेतक घिमिरेले संसारमा सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेपछि यसको सामाजिक संजालदेखि संसदमै विरोध भइरहेको छ।

नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले घिमिरेले यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भनेर संसदमा राखेको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छिन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गरेकी छन्।

उनले भनिन्,‘हिजो सत्ता पक्षका माननीयज्यूले यौैन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षणगरी अर्थपार्जन गरौं भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो ।यस्तो चिन्तनको घोर भत्र्सना गर्दछु ।

यस्तो विचारले अनुशासित र मर्यादीत रुपमा रहेको समाजलाई अराजकता तिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लािग रुलिङको माग गर्दछु ।’ साथै उनले त्यस्तो कार्य गर्नकालागि आफ्नो परिवारबाट अगाडि बढाउनको लागि आँट गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरेकी छन् ।

आइतबारको बैठकमा घिमिरेले भनेका थिए, ‘निश्चित ठाउँहरू तोकेर मदिराका लागि छुट्टै, मनोरञ्जनका लागि छुट्टै, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ, जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउँछ, धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्’, उनले भने, ‘एडभेञ्चरको पर्यटक थोरै मात्रामा हुन्छन्, सबैभन्दा बढी पर्यटक संसारमै हुने भनेको मनोरञ्जनका पर्यटक हो, त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ, त्यो कुरा उठाइदिएको भए क्या काइदा हुने थियो विपक्षले ।’

प्रतिनिधिसभा नियमावली अनुसार, प्रमुख सचेतकको भूमिका निकै महत्वपूर्ण हुन्छ। प्रमुख सचेतक सम्बन्धित दलका सांसदहरूलाई अनुशासित राख्न, संसदीय गतिविधिमा उनीहरूको सहभागिता सुनिश्चित गर्न र दलको नीति तथा निर्देशनको पालना गराउन जिम्मेवार हुन्छन्।

विशेषत सांसदहरूलाई व्यवस्थापन गर्ने, संसदमा हुने छलफल तथा मतदानका क्रममा सांसदहरूलाई आवश्यक निर्देशन दिने भूमिकामा रहन्छ । यसबहेक दलको नीति कार्यान्वयन गराउन संसद्मा दलको आधिकारिक धारणा प्रस्तुत गर्ने, संसद्मा छलफल हुने मुद्दामा दलको नीति र अडान स्पष्ट पार्ने, पार्टी नेतृत्व र सांसदहरूबीच समन्वय गर्ने,संसद्को कार्यसूचीमा समन्वय गर्ने, सांसदहरूको माग, गुनासो तथा सुझाव सरकारलाई पु¥याउने लगायतको भूमिका रहेको हुन्छ ।

तर यति महत्वपूर्ण जिम्मेवारी बोकेका देशको सबैभन्दा ठूलो र पूरानो प्रजातान्त्रिक पार्टीका प्रमुख सचेतकबाट नै पर्यटनका लागि यौन व्वयवसायलाई व्यवसायिकरण गरौं भन्ने विवादित अभिब्यक्ति आएपछि के उनको अभिब्यक्ति नै नेपाली कांग्रेसको आधिकारिक धारणा हो भन्ने प्रश्न समेत उठेको छ ।

तर नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने घिमिरेको अभिब्यक्ति उनको ब्यक्तिगत भनाइ रहेको भन्दै उनलाई तत्कालै आफूले सचेत गराइसकेको बताएका छन् । प्रमुख सचेतकको अभिब्यक्तिलाई पार्टी प्रवक्ताले ब्यक्तिगत भन्दै बचाउ गरेपनि प्रमुख सचेतकको भूमिकामाथि नै अहिले नैतिक प्रश्न उठेको छ ।

नेपाली कांग्रेसले कि उनको अभिब्यक्तिलाई आधिकारिक मान्नु पर्ने कि उनलाई कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ। नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनु पनि अभिब्यक्ति घिमिरेको मात्रै पहिलो भने होइन । यसअघि पनि केही नेताहरूले अभिब्यक्ति दिएका थिए ।

गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा कांग्रेसकै नेता कृष्णचन्द्र नेपाली पोखरेलले यौन व्यवसायलाई वैधानिकता दिने विषयमा बहस थालनी गर्नु पर्ने धारणा राखेका थिए, जसले केही विवाद उत्पन्न गराएको थियो। यस्तै तत्कालीन अवस्थामा गृहमन्त्री वामदेव गौतमले यौन व्यवसायलाई नियमन गर्नुपर्ने धारणा राखेका थिए।

उनले ठमेललगायतका निश्चित क्षेत्रमा यौन व्यवसायलाई कानूनी रूपमा व्यवस्थित गर्न सकिने बताएका थिए। उनको यो भनाइ पनि निकै विवादित बनेको थियो । यस अतिरिक्त, नेपालमा यौनकर्मीहरूको हकहितका लागि काम गर्ने संस्थाहरूले पनि यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने आवाज उठाउँदै आएका छन् ।

नेपालमा अहिले पनि यौन व्यवसाय गैरकानुनी र दण्डनीय रहेको छ । नेपालको फौजदारी संहिता, २०७४ ले यौन व्यवसायमा संलग्नता, दलाली, जबरजस्ती करणी, मानव बेचबिखन जस्ता अपराधलाई स्पष्ट रूपमा परिभाषित गर्दै कसुर अनुशार अधिकतम २० वर्षसम्म कैद र जरिवानाको सजाय तोकेको छ।

यौन व्यवसाय विश्वका धेरै देशमा अवैध छ । तर विश्वका विभिन्न देशहरुले यसलाई कानूनी मान्यता पनि दिएका छन् । यसरी पूर्ण रूपमा कानूनी मान्यता प्राप्त देशहरूमा नेदरल्यान्ड्स, जर्मनी, न्युजिल्यान्ड, स्वीट्जरल्यान्ड, उरुग्वे लगायतका देश रहेका छन् । नेदरल्यान्डस्मा रेड लाइट एरिया (जस्तै, एम्स्टर्डमको डि वालिन) कानूनी रूपमा सञ्चालनमा छ।

जर्मनीमा यौन व्यवसाय दर्ता गर्न सकिन्छ र सम्बन्धित श्रमिकहरूले सामाजिक सुरक्षासम्बन्धी सुविधा पाउँछन्। न्युजिल्यान्डमा सन् २००३ मा यौन व्यवसायलाई पूर्ण रूपमा वैधानिक बनाइयो भने स्वीट्जरल्यान्डमा कानूनी रूपमा नियन्त्रित र कर प्रणालीमा समावेश गरिएको छ ।

यस्तै उरुग्वेमा यौन व्यवसाय कानूनी छ, तर व्यवसायीहरूले सरकारी नियम पालना गर्नुपर्छ । यस्तै सीमित रूपमा कानूनी मान्यता प्राप्त देशहरूमा पनि छन् । यी देशहरूमा यौन व्यवसायलाई केही हदसम्म कानूनी बनाइएको छ, तर निश्चित सर्तहरू लागू गरिएको छ ।

जसमा अष्ट्रेलियाका केही राज्यहरू (जस्तै, नेभाडा, भिक्टोरिया) मा कानूनी छ, तर अन्य क्षेत्रमा अवैध रहेको छ । क्यानडामा ग्राहकहरूसँग लेनदेन वैध छ, तर दलाल र सार्वजनिक स्थलमा व्यापार गर्न निषेध छ।

फ्रान्समा व्यक्तिगत रूपमा यौन सेवा प्रदान गर्न कानूनी छ, तर दलाली तथा ग्राहकहरूमाथि प्रतिबन्ध छ। यस्तै मेक्सिकोमा कतिपय राज्यहरूमा कानूनी छ, तर संघीय रूपमा स्पष्ट कानुनी मान्यता दिइएका छैन ।

सिंगापुरमा निश्चित क्षेत्रहरूमा मात्रै अनुमति दिइएको छ । विश्वमा कतिपय गैरकानूनी तर व्यावहारिक रूपमा सहन गरिएका देशहरू समेत रहेका छन् । यी देशहरूमा यौन व्यवसाय औपचारिक रूपमा गैरकानूनी भए पनि व्यवहारमा प्रचलनमा छ । यसमा भारत पनि पर्दछ ।

व्यक्तिगत रूपमा भारतमा यौन व्यवसाय गैरकानूनी छैन् , तर दलाली, सार्वजनिक स्थानमा ग्राहक खोज्नेलगायत गतिविधि भारतमा अवैध मानिन्छ । थाइल्यान्डमा प्राविधिक रूपमा गैरकानूनी भए पनि यसको बजार व्यापक रहेको छ । प्रायः त्याहा नियमन गरिँदैन। यस्तै ब्राजिलमा पनि यो व्यक्तिगत रूपमा कानूनी छ, तर दलाली गैरकानूनी रहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top