×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रअका प्रमुख पछि भारतीय विदेश सचिवको नेपाल भ्रमण किन ?

८ मंसिर २०७७

८ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद उत्कर्षमा पुगिरहँदा चिनियाँ राजदुतको सक्रियता बढेकै बेला भारतका विदेश सचिव पनि नेपाल आउने भएका छन् ।

सत्तारुढ दल नै विभाजन हुनसक्ने आँकलन भइरहेका बेला केहिसमय अघि देखि नेपालमा विदेशी दुतहरुको सक्रियता बढिरहेको छ । दुई छिमेकी कुटनितिज्ञहरुको खेलमैदान बन्न थालेको छ नेपाल । यहि क्रममा यही भारतीय विदेश सचिव हर्षवर्धन श्रींगला मंसिर ११ गते नेपाल भ्रमणमा आउन लागेका हुन । लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच सीमा विवाद जारी रहेको बेलामा भारतीय विदेश सचिव श्रींगला नेपाल आइ उच्चस्तरिय भेटघाट गर्नेछन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी भ्रमणका बेला श्रींगलाले उच्च तहमा भेटघाट गर्ने जानकारी दिएको हो । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश सचिवसहितको टोली र नेपाली प्रतिनिधिमण्डबीच बहुपक्षीय विषयमा छलफल हुने पनि मन्त्रालयले जनाएको छ । मङ्सिर ११ गते द्विपक्षीय छलफल हुने र केही विषयमा सम्झौता पनि हुनेछ । ११ गते नै श्रींगलाले उच्चस्तरीय भेटघाट गर्ने मन्त्रालयले जनाएको छ । भारतीय विदेश सचिव श्रींगला १२ गते भारत फर्कने तालिका रहेको छ । सीमा विवादसँगै दुवै देशबीच कूटनीतिक र राजनीतिक संवाद ठप्प रहेको समयमा गत महिना भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणमा आएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरेका नरवणेले सीमा विवादबारे नेपाली पक्षसँग दिल्लीको मत राखेको भारतीय संचार माध्यमहरुले दाबी गरेका छन । प्रधानमन्त्री ओली र नरवणेको भेटमा सीमा विवादको कुरा उठेको र नरवणेले दिल्लीको असन्तुष्टिबारे ओलीलाई ब्रिफिङ गरेका थिए। ओलीले दुवै देशबीच नक्साका सन्दर्भमा मिस्अन्डस्र्टयान्डिङ भएको तर भूमि भने आफूहरुको नै रहेको सन्देश नरवणेलाई दिएका थिए ।नरवणेले स्वदेश फिर्ता भएपछि दिल्लीमा नेपाली पक्षसँग भएको छलफलबारेमा ब्रिफिङ गरेका थिए। त्यसपछि मोदी सरकारका तर्फबाट विदेश सचिव श्रींगला नेपाल आउन लागेका हुन । नरवणेअघि कोरोना संक्रमणका कारण नेपाल र भारतबीच हवाई सेवा बन्द रहेको बेला रअ प्रमुख सामन्त गोयलले काठमाडौं आएर ओलीसँग भेट गरेका थिए । श्रींगलाले यही वर्षको जनवरीमा भारतीय विदेश मन्त्रालयमा प्रशासनतर्फको नेतृत्व सम्हालेका हुन । विदेश सचिवका रूपमा उनको यो पहिलो नेपाल भ्रमण हो । श्रींगला नेपाली मूलकी आमाका सन्तान हुन् र उनी फरर नेपाली बोल्न सक्छन । श्रींगलाका बुवाआमा सिक्किमका हुन । उनीहरू दार्जिलिङमा बस्थे । श्रींगलाकी आमा हरिदेवी बस्नेत हुन । उनीहरू घरमा नेपाली बोल्थे । श्रींगलाको जन्म भने मुम्बईमा भएको थियो । जागिरका शिलशिलामा उनका बुवा विभिन्न ठाउँमा गइरहन्थे । आमाबुवाले दुबै जनाको नाम र थर बनाएर सन्तानको नाम राखेका थिए । आमा हिन्दु भएकाले उनको नाम हर्षवद्र्धन भयो भने बाबुको बाट छिरिङ्ला थर बनाइयो । गत वर्ष सिक्किमस्थित आइसिएफएआई विश्वविद्यालयले दिएको मानार्थ पिएचडीको उपाधि ग्रहण गर्दा श्रींगलाले नेपालीमा पनि सम्बोधन गरेका थिए । नेपालसँगको यो सम्बन्धले पनि दुई देशबीचको सम्बन्ध सुधारमा हर्षवद्र्धन अत्यन्त सकारात्मक रहेको र सोही भूमिका खेल्ने धेरैको अपेक्षा रहेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top