Nepal Times
Nepal Times
3
Shares

‘रअ’का प्रमुख विमान चार्टर्ड गरेर प्रधानमन्त्री भेट्न आउनु सार्वभौम देशको दुर्भाग्य

‘रअ’का प्रमुख विमान चार्टर्ड गरेर प्रधानमन्त्री भेट्न आउनु सार्वभौम देशको दुर्भाग्य

काठमाडाैँ : छिमेकी भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुको सट्टा सरकारले भारतीय गुप्तचर प्रमुखलाई स्वागत गरेको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको टोली नेपाल आएर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई भेटेको छ ।

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको छ । उनीहरूलाई लिएर आएको भारतीय एयरफोर्सको जहाज अपराह्न १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

‘सो जहाज आउन लागेको जानकारी पर्यटन मन्त्रालयले बुधबार बिहान मात्रै नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई गराएको थियोे,’ विमानस्थलका ती अधिकारीले भने, ‘आइएफसी ४६२० कलसाइनको जहाज बुधबार १ बजे काठमाडौं अवतरण गर्ने र बिहीबार बिहान ९ः४५ बजे फर्कने गरी फ्लाइट प्लान आएको छ ।’

गुप्तचरका प्रमुख गोयलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा परिचयपत्रको रूपमा भोटर आइडी कार्ड देखाएका थिए । त्यस्तै, उनीसँगै आएका अरुण जैनले अर्डिनरी पासपोर्ट प्रस्तुत गरेका थिए ।

गोयलले बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेका छन् । पौने १६ घन्टा काठमाडौं बसाइमा उनले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाललगायतलाई भेट्ने तालिका छ । गोयलसँगै आएका अरुण जैन भूकम्पको वेला नेपालस्थित भारतीय दूतावासमा कार्यरत थिए ।

भारतसँग हाम्रा समस्या पनि छन् जसको समाधान गरी मित्रता कायम गर्नु अपरिहार्य छ । तर, त्यसका लागि देशको प्रधानमन्त्रीले गुप्तचरका हाकिमसँग संवाद गर्ने ? भारतीय एयरफोर्सको जहाजमा आएका गोयल काठमाडौंमा भेटघाटमा व्यस्त भइरहेको वेला कूटनीतिक क्षेत्रमा बहस सुरु भएको छ ।

गुप्तचर संस्थाको प्रमुख विमान चार्टर्ड गरेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषयलाई कूटनीतिज्ञहरूले एउटा सार्वभौम देशको दुर्भाग्य भनेका छन् । ‘हाम्रा प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग र गुप्तचरका हाकिमले उनकै समकक्षीसँग वार्ता गर्नुपर्ने हो । तर, उताका गुप्तचर प्रमुख सीधै प्रधानमन्त्रीसँग भेटवार्ता गर्न विमान चार्टर्ड गरेर आउँछन् । कूटनीतिक रूपमा पनि धराशायी भएको अवस्था हो । राष्ट्रवादी र देशभक्त नागरिकका लागि योभन्दा लज्जाको विषय केही हुन सक्दैन, देशको शिर झुकेको छ,’ एक कूटनीतिज्ञले नयाँ पत्रिकासँग भने ।

जब कि लिपुलेक, कालापानी र लिम्पियाधुराको नेपाली भूमि नेपाली नक्सामा समेटिएको छ, तर त्यो क्षेत्रमा अहिले पनि भारतीय फौज छ । यस्तो विषयमा देश र संसद्को सर्वसम्मत समर्थन पाएको सरकारले भारतीय गुप्तचर संस्थाका प्रमुख बोलाएर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसँग वार्ताको वातावरण बनाएको छ ।,आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.