×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

१ पुष २०८२

१ पुष , काठमाण्डौ ।

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक
एमालेको मतदान रातभर हुने,सुरु हुनै राति ८ बज्न सक्ने

सोमबार रातिसम्म अध्यक्षसहित संस्थापन समूहसंग असन्तुष्ट रहेका रघुजी पन्त अहिले भने संस्थापनकै प्यानलमा अटाएका छन् । हिजो अन्तिम समयमा उनले स्वतन्त्ररुपमा उपाध्यक्षका लागि आफ्नो नाम दर्ता गराएका थिए ।

तर अहिले भने उनी संस्थापन र इतर दुवैका साझा उम्मेदवार भएका छन् । सोमबार मनोनयनको अन्तिम समयमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पन्त केपी ओली र ईश्वर पोखरेल दुवै प्यानलको ‘साझा’ उम्मेद्वार बन्न पुगेका हुन् ।

ओली प्यानलबाट उपाध्यक्षको भाग पाएका प्रदीप ज्ञवालीले महासचिव नपाएपछि असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । ज्ञवालीले उम्मेदवार नदिएपछि ओली समूहबाट उपाध्यक्षमा पाँच मध्ये चार जनाको मात्रै उम्मेदवारी परेको थियो।

ओली समूहबाट उपाध्यक्षको दावेदार विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ छन् । उता पोखरेलको समूहबाट पनि उपाध्यक्षमा चार जनाको मात्रै उम्मेदवारी दिएका छन् ।

गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र अरुण नेपाल पोखरेल टिमबाट उपाध्यक्षका उम्मेदवार छन् । अन्तिम समयमा उम्मेदवारी हालेका पन्तलाई मंगलबार ओली टिमले पनि आफ्नो उम्मेदवारका रुपमा पनि स्वीकार गरेको छ ।

यसअघि भने उनलाई ईश्वर समूहले आफ्नो प्यानलको भनेको थियो । यसबीच नयाँ नेतृत्व चयनका लागि आज विहानैदेखि मतदान हुने भनिएपनि पटक पटक समय सारिदै जाँदा अझै सुरु हुन सकेको छैन ।

केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो । तर यो समय पनि धकेलिएर साँझ ४ बजेदेखि मतदान हुने भनिएको थियो । तर यो समयमा पनि मतदान सुरु हुने छाँटकाँट देखिएको छैन ।

‘नाम तलमाथि परेको भएर मिलाउनु प¥यो । हरेक उम्मेदवारको फोटोको कोडिङ गर्नुपर्छ । बिहान १० बजेसम्म कोडिङ ग¥यौं । फेरि तलमाथि परेको सच्याउन नयाँ कोडिङ गर्नुपर्छ । बुथ तयार छ । रातिको ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्छ,’ प्राविधिक लक्ष्मण रिमालले भनेका छन् ।

निर्वाचन समितिले उम्मेदवारहरूको फाइनल लिस्ट दिन ढिलाइ गरेपछि र मंगलबार केहीबेरअघि मात्रै फाइनल भनेर नयाँ सूची दिएपछि सबै मिलाउन ढिलाइ भएको उनले बताए । निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट गरिँदैछ ।

भोटिङ मेसिनका प्राविधिक राम रिमालका अनुसार नेतृत्वबाट अहिले नयाँ फाइनल लिस्ट आएको र त्यसमा उम्मेदवारका नामहरू तलमाथि भएकाले सच्याउन समय लाग्ने भएको छ । नाम सच्याएर मेसिनमा ’रि–इन्ट्री’ गर्नुपर्ने भएकाले मतदान सुरु हुन साँझ ७ देखि ८ बज्न सक्ने रिमालले बताए ।

यता निर्वाचन समितिले पनि जतिसक्दो चाँडो मतदान सुरु गर्ने बताएको छ । समिति स्रोतका अनुसार ईश्वर पोखरेल समूहले राति मतदान नगर्न दबाब दिइरहेको छ । तर, समितिले भने आफूहरू बाध्यतामा रहेको भन्दै प्रक्रिया अघि बढाउने अडान लिएको छ ।

समितिले छिटोभन्दा छिटो लक्ष्य राखेको छ । तर, प्राविधिक पक्षले नाम सच्याउन समय लाग्ने भन्दै ७–८ बज्ने संकेत गरेको छ । एमालेको नेतृत्व चयनका लागि भृकुटीमण्डपमा निर्वाचन कार्यक्रम भइरहेको छ ।

यसैबीच हिजोदेखि उपमहासचिव प्रदीप ज्ञवाली रुँदै गरेको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहँदा त्यो फेक पुष्टि भएको छ । भृकुटीमण्डपमा जारी एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले महासचिव पदका लागि ज्ञवालीलाई उम्मेदवार नबनाएपछि उनी बिच्किएका थिए ।

यही पृष्ठभूमिमा ज्ञवाली रुँदै गरेको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा फैलिएको हो । तर तथ्य जाँच गर्दा यो भिडियो एआईको प्रयोगबाट निर्मित भएको पुष्टि भएको छ ।

’हाइभ मोडरेसन’ टुलले ५ प्रतिशत एआई प्रयोग देखाएपछि ’इनभिड’ भेरिफिकेसन टुलमा जाँच गर्दा ज्ञवालीको अनुहारमा केही भिन्नता देखिएको थियो । भाइरल भएको भिडियो गत मंसिर ३ गते प्रधानमन्त्रीसँगको छलफलपछि बाहिरिने क्रममा खिचिएको हो।

यसलाई एआई प्रविधि प्रयोग गरेर हालको घटनासँग जोडेर प्रस्तुत गरिएको पाइएको छ । यसबीच मतदान सुरू हुनु ढिलाई भइरहँदा भृकुटीमण्डपमा उम्मेदवारहरू भने प्रतिनिधिहरूसँग भोट मागिरहेका छन् ।

नेतृत्व चयनको लागि अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलमै उम्मेदवार अगाडि सारेका छन् । लगातार तेस्रोपटक अध्यक्ष बन्ने धुनमा रहेका ओलीलाई पोखरेलले टक्कर दिँदै छन् ।

पाँच उपाध्यक्षको लागि ११ जना, एक महासचिवको लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे, तीन उपमहासचिवको लागि ६ जनाको उम्मेदवारी परेको छ । नौ सचिवको लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

समयमा मतदान सुरु नभए पनि उम्मेदवार, नेता र कार्यकर्ताहरू मत माग्न व्यस्त छन् । मत माग्ने लाइनमा असन्तुष्ट नेताहरू पनि देखिएका छन् । महासचिवमा उम्मेवदारी दिन नपाएका नेता प्रदीप ज्ञवालीसमेत प्यानललाई भोट माग्दै गरेका देखिएका छन् ।

महासचिवमा शंकर पोखरेलको उम्मेदवारीप्रति असन्तुष्टि जनाए पनि ज्ञवाली उनैलाई भोट माग्न उत्रिएका छन् । अन्य नेता कार्यकर्ता पनि अनेक झाँकीसहित भोट माग्न व्यस्त छन् ।

मतदान सुरु नभए पनि उम्मेदवारहरू आज बिहानैदेखि मत मागिरहेका छन् । मतदानको लागि ८० वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग हुँदै छ । एक जनालाई भोट हाल्न बढीमा ४० मिनेटसम्म लाग्ने बुझिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top