×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026

६ फागुन , काठमाण्डौ।
आगामी मार्चबाट यसवर्षको रमजानको पवित्र महिना सुरु हुँदैछ । विश्वभरका मुस्लिमहरू यसको तयारीमा व्यस्त भइसकेका छन् । इस्लाम धर्मको केन्द्र मानिने साउदी अरबले हरेक वर्ष रमजानमा गरिब देशलाई जकात र उपहार पठाउँदै आएको छ ।

उसले यो चलन जारी नै राखेको छ । यो वर्ष पनि साउदी राजा सलमानले १०२ देशमा ७०० टन खजूर वितरण गर्ने कार्यक्रमलाई स्वीकृत गरेका छन् । यो गत वर्षको तुलनामा २ सय टन बढी हो । कार्यक्रमलाई साउदी इस्लामिक मामिला मन्त्रालयले निरिक्षण गरिरहेको छ, जसले विश्वभरका इस्लामिक केन्द्रहरू र संस्थाहरूमार्फत यो खजुर वितरणको ब्यवस्था मिलाउँछ ।

साउदी अरेबियाका इस्लामिक मामिला मन्त्रीले यस पहलका लागि राजा सलमानलाई कृतज्ञता व्यक्त गरेका छन्, विशेष गरी रमजानमा विश्वभरका मुस्लिमहरूलाई निरन्तर सहयोगको लागि । साथै, उनले इस्लामको मूल्य मान्यतालाई प्रवद्र्धन गर्न र घृणा, अतिवाद र कट्टरपन्थी विरुद्ध लड्न राज्यको प्रतिबद्धतामा जोड दिएका छन् ।

मन्त्रालयले ढुवानीका लागि सबै तयारी पूरा गरेको छ । साउदी दूतावासहरू, बिश्वभरका इस्लामिक केन्द्रहरू र संगठनमार्फत पठाइनेछ, जसमा धार्मिक सन्देशहरू पनि साझा गर्नेछ । रमजानमा मितिको विशेष महत्व हुन्छ ।

खजुर स्वास्थ्यका लागि फाइदाजनक मात्रै नभएर धार्मिक दृष्टिकोणले पनि यसको निकै महत्व छ । रमजानको उपवासको समयमा मुस्लिमहरूले इफ्तार (उपवास तोड्ने) खजूर खाएर तोड्ने गर्छन, यो अनिवार्य जस्तै रहेको छ ।

खाडी देशहरूमा खजूर ठूलो मात्रामा उत्पादन गरिन्छ। इजिप्ट विश्वको सबैभन्दा ठूलो खजूर उत्पादक मुलुक हो । त्यसपछि साउदी अरब, अल्जेरिया, इरान र संयुक्त अरब इमिरेट्स प्रसिद्द रहेका छन्।

साउदी अरेबियाको मदिना क्षेत्रमा उत्पादन हुने अजवा खजूरलाई उत्कृष्ट मानिन्छ । साउदी अरेबियाको यो परम्पराले हरेक वर्ष रमजानको अवसरमा विश्वभर बाँड्ने र इस्लामिक मूल्यमान्यतालाई बढावा दिने र गरिब देशहरूलाई सहयोग गर्ने राज्यको प्रतिबद्धतालाई झल्काउँछ।

यस वर्ष १०२ देशमा ७०० टन खजुर पठाउने प्रयासले साउदी अरेबियाको उदारता र इस्लामिक समाजप्रतिको सेवाको भावनालाई जोड दिएको जानकारहरू बताउँछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top