×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रमेश जंग रायमाझीको सरकारलाई प्रश्न ,‘१० अर्ब कहाँ खर्च भयो देखाउ’

२५ जेष्ठ २०७७

२५ जेष्ठ, काठमाडौँ ।
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकमको विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

संघीय संसद राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य रायमाझीले सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण जानता सामु सार्वजनिक गर्न माग गरेका हुन् । उनले भने ‘सरकारले अहिले कोरोनाको उपचारमा १० अर्बभन्दा बढी खर्च हुने अवस्थामा पुग्यो खर्च भइसक्यो भनेर जुन कुरा गरिरहेको छ ।

हाम्रो सार्वजनिक खरिद ऐनले पाँच लाखभन्दा बढीको कुनैपनि आर्थिक कारोबार गर्दाखेरी त्यसलाई बोलपत्र आव्हानमार्फत गर्नुपर्छ भनेर भन्छ । यो कतिपल्ट कहाँकहाँ आह्वान गरियो र कसरी यसको कोरोनामा पैसा खर्च भयो । यो नेपाली जनताले जान्न पाउने कि नपाउने, यो सबैले जान्न पाउने कि नपाउने, खर्च भयो भनेर पुग्ने कि नपुग्ने ।

त्यसकारण पनि सरकारले जुन खर्च देखाएको छ । यो खर्चको विवरण फेहरिस्त रुपमा आउन प¥यो भनेर माग गर्न चाहन्छु । उनले १० अर्ब खर्च हुँदा समेत स्वास्थ्यकर्मीसँग मास्क नहुने, पीपीई नहुने अवस्था भएको बताए । त्यस्तै आइसोलेसन सेन्टरको अवस्थापनि कमजोर हुनु र पीसीआर परीक्षण नगर्ने सरकारले कसरी १० अर्ब खर्च ग¥यो भन्दै प्रश्न गरे ।

उनले सरकारले कोरोना नियन्त्रणका लागि काम गर्न नसकेकै कारण मान्छेको मृत्यु भएपछि मात्रै परीक्षण गर्ने र पोजेटिभ रिजल्ट देखाउने गरिएको बताए । उनले भने ‘जव मान्छेको मृत्यु हुन्छ अनि मात्र उसको कोरोनाबाट मृत्यु भएको भनेर पोजेटिभ रिजल्ट देखाइन्छ । हाम्रो प्रविधि कस्तो खालको प्रविधिहो ? हामीले कहाँबाट ल्याएको प्रविधिहो ?किन यस्तो हुन्छ ।

एउटा मान्छे विरामी भएर कोरोनाको चापमा परिसकेपछि उसलाई भेन्टीलेटरमा राखेर उसको उपचार गर्नुको सट्टा मृत्यु भइसकेपछि मात्रै हामी प्रमाणित गर्न खोजिरहेको छ । ’ उनले सरकारले सहयोग स्वरुप पाएको स्वास्थ्य सामग्रीहरुलाई बाजरमा कालाबजारीको हातमा पु¥याए विक्री गरिरहेको बताए ।

उनले चीनभारत र एनआरएनएहरुले सहयोगमा दिएको सामग्रीहरु व्यापारीको हातमा पु¥याई विक्री गर्न सरकरका मन्त्री र सचिवहरु नै लागेको बताए । उनले भने ‘बजारमा स्वास्थ्य सामग्रीहरु खुद्रा पसलहरुले बेच्न पाइराखेको छैन् । तर केही फेसबुकमा आउँछ पीपीई चाहियो भने, मास्क चाहियो भने हाम्रो फलानो नम्बरमा सम्पर्क गर्नुहोस भनेर त्यस्ता कालाबजारीयाहरुलाई सरकारले रोक्ने कि नरोक्ने ?त्यसलाई पक्रेर कारबाही गर्ने कि नगर्ने ? सरकार मतियार भइरहेको छ तिनको ।

सरकारलाई चीनले भारतले एनआरएनहरुले दिएका सरकारका मन्त्री सचिवहरुलाई दिएका सामग्रीहरु ति व्यपारीहरुको हातमा पुगेको छ । तिनले बेचिरहेका छन आज हामीले ति मान्छेहरुसँग सोद्धा खेरी कहाँबाट आयो भन्दा माथिल्लो निकायबाट आयो भनेर जवाफ दिइरहेका छन् ।’

उनले सरकारले मानिसहरुलाई मान्छे जस्तो नगरी पशु व्यवहार गरेको बताए । उनले भने ‘मानवलाई मानव गनेनौं पशु व्यवहार ग¥यौं । आज क्वारेन्टाइनमा बसेका मन्छेहरुको मृत्यु भइरहेको छ । तर हामीले फर्केर हेरिरहेका छैनौं । यो सरकार नागरिककको अविभावक हो कि होइन? नागरिकको जिम्मा लिनु पर्छ की पर्दैन ? सरकारले जिम्मा लिइहरको छैन । ’

यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट बनाउँदा व्यवसायीहरुसँग मिलेर कमिसन लिएको बताए । उनले केही ठूला व्यापारीक घरानासँग मिलेर अर्थमन्त्री खतिवडाले चक्लेट र विद्युतिय सवारीमा कर बढाएको बताए ।

उनले सरकारले बेवास्ता गरेका व्यवसायीहरुलाई कर तिर्नका लागि ऋण दिन अर्थमन्त्रीलाई आग्रह गर्दै त्यसको जमानी आफु बस्ने समेत बताए । उनले भने ‘विशालग्रुप जो विराटनगरकै मान्छे हुन, व्यापारी हुन अग्रवालहरु तीनको गाडि आउँदा खेरी गाडि यति सय वटा गाडि आउँदै छ इलेक्ट्रिक गाडिहरु यति सयवटा भित्रिदै छ ।

भित्रिएपछि भन्सार बढाउने । अनि सरकारको एउटा चक्लेटमा १० प्रतिशत छुट गर्दाखेरी ३० करोड भन्दा बढी फाइदा हुने उसले जुन चिज इम्पोर्ट गर्छ त्यसमा बढाइएको छैन घटाइएको छ । अरु व्यपार व्यवासय गर्ने मान्छेलाई सन्नटा देखिन्छ ।

त्यसकारण म भन्छु अर्थमन्त्रीज्युले जुन ऋण तिरेर भएपनि तिर भनेर भन्नु भएको छ । आज तिव्यापारीलाई ऋण दिनुहोस अर्थमन्त्री ज्यु र त्यसको जमानी म बसम्ला त्यसो गरे कसो होला? ’

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top