×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रविको फोटो प्रकरणको कम्पन,साइबर ब्युरो पुगे दीपक बोहरा

५ पुष २०८१

५ पुष , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासतमा रहेको तस्बिर सार्वजनिक भएपछिको कम्पन अझै कम भएको छैन् । हिरासतको फोटो आफूले खिचेको र सामाजिक संजालमा सार्वजनिक गर्नु गम्भिर गल्ती भएको भन्दै रविका समर्थक नै रहेका डा निकोलस भुसालले माफी मागेका छन् भने कास्की प्रहरीले अनुसन्धान जारी रहेको भन्दै फोटो खिच्ने रसार्वजनिक गर्नेमाथि कारबाही गर्ने बताएको छ ।

तर सुरुमा उक्त तस्बिर सार्वजनिक गर्ने तथा त्यो आफैँले खिचेको दाबी गर्ने लामिछानेका समर्थक डा. निकोलस भुसाल र आफूबीचको नक्कली च्याट बनाउनेविरुद्ध रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले साइब्युरोमा निवेदन दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै निकोलस र आफूबीच च्याटमा कुराकानी भएको भनी फेक च्याट बनाएर अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको बताएका हुन्। निकोलसलाई आफूले नभेटेको नै ७ महिना भइसकेको र यसबीच कुनै सम्पर्क नभएको उनले दावी गरेका छन्।

यसैले यसविरुद्ध आफूले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको उनले उल्लेख गरेका छन्। ‘हिजोदेखि निकोलस भुसाल र मबीच कुरा भयो भनेर एउटा फेक च्याट गरेको स्क्रिनसट भाइरल छ। यो के हो भनेर धेरैले मलाई म्यासेज गरिरहेका छन्। बिहान मलाई डोनाल्ड ट्रम्पले गुडमर्निङ भनेको, नरेन्द्र मोदीले कैसे हो भाइ भनेको, केपी ओलीले के छ दीपक भनेको च्याटको स्क्रिनसट मसँग छ। भनेको यसरी फेक च्याट बनाउन मिल्छ। तर फेक च्याट बनाउनेहरूलाई त्यो साइबर कानुन आकर्षण हुन्छ’, भिडिओमा बोहराले भनेका छन्, ‘निकोलस भाइ मैले नभेटेकै ७ महिना भाको होला। निकोलस पोखरा आकै मलाई थाहा छैन। ऊ रवि दाइलाई भेट्न गाको पनि मलाई थाहा छैन। ऊ भेटेर गयो कि नेभटी गयो कि मलाई थाहा छैन। नत्र म फोटो खिच भन्थेँ। फेक च्याट भाइरल बनाउनेहरूलाई लागि मैले साइबर ब्युरोमा जानकारी गराको छु र निवेदन पनि पठाएको छु।’

रविको फोटो भाइरल भएपछि दीपक र निकोलसको भनिएको च्याट सार्वजनिक गरिएको छ ।लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसाललाई भने जिल्ला प्रहरी कार्यालय कास्कीले कारवाही गर्ने भएको छ ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले फोटो सार्वजनिक गर्ने व्यक्तिलाई कारवाही गर्ने उल्लेख गरेको छ ।

‘‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारवाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने,’ प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बसन्तकुमार शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रहरीले उक्त तस्वीर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । उक्त तस्वीर सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न प्रतिबद्ध रहेको पनि बताएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top