×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रविको भिडियो खिच्न पनि कडाई, बोल्नै नदिने रणनीति

२ मंसिर २०८१

२ मंसिर, काठमाण्डौ।

पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गरेपछि निरन्तर सडक आन्दोलन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् ।

गत कार्तिक २८ मा गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएसँगै रास्वपाले आज पत्रकार सम्मेलन गर्ने भएको हो। सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापति लामिछानेमाथि अनुसन्धान जारी छ।

यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो। उक्त कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वाको ठम्याइ छ।

त्यसको विरोधमा रास्वपाले दोस्रो चरणको आन्दोलन गर्न लागेको हो। पहिलो पटक स्थानीय तह उपनिर्वाचानमा समेत सहभागिता जनाउन लागिरहेको रास्वपाले चुनावसँगसँगैको आन्दोलन कसरी अगाडि बढाउछ भन्ने विषयमा पार्टीमा समेत वहस हुँदै आएको छ ।

उपनिर्वाचनका लागू भएको छ भने आन्दोलनलाई नै लिएर रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहित शीर्ष नेताहरुविरुद्ध अदालतमा अदालतको अपहेलनाको मुद्दा समेत दायर भएको छ। यसअघि रास्वपाले पोखरा, काठमाडौं र रुपन्देही प्रर्दशन गर्दै आएको छ ।

यो उपनिर्वाचनलाई रास्वपाले आफ्नो अग्निपरीक्षाको रुपमा लिएको छ । यसअघि पोखराको प्रर्दशनमा भने दुई पटक प्रहरीले बल प्रयोग गर्दै अश्रुल ग्यास प्रहार गरेको थियो । पछिल्लो पटक रविलाई रुपन्देहीको बयान सकाएर शुक्रवार पोखरा लैजाने क्रममा धक्काधक्की नै भएको छ ।

रविको पक्राउको विरोधमा उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू विरोध प्रदर्शन गर्न उपस्थित भएका थिए। विरोध प्रदर्शनको भिडियो तथा तस्बिर खिच्न पत्रकारहरू पनि विरोध प्रदर्शनस्थल पुगेका थिए। रविलाई प्रहरी कार्यालयभित्र प्रवेश गराए पनि रास्वपाका कार्यकर्ताहरू विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न थाल्यो।

पत्रकारहरू प्रहरीले पक्राउ गरेको भिडियो खिच्न थाले। त्यही क्रममा केही प्रहरीले भिडियो खिचिरहेका पत्रकारको क्यामरा खोस्ने प्रयास गरेपछि पत्रकारहरूले विरोध गरे। प्रहरी र पत्रकारबिच सुरु भएको विवाद समाधानको प्रयास गर्नुको साटो कास्की प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी वसन्तकुमार शर्मा उल्टो पत्रकारहरूसँग विवादमा उत्रिए।

प्रहरी पनि बिच सडकमा उभिएको थियो। पत्रकारहरूले बिच सडकमा समातिएका रास्वपाका कार्यकर्ताहरूको भिडियो खिचेका थिए। पक्राउ गरेको भिडियो खिचेकोमा प्रहरी रिसाएका थिए। अनि उनीहरू सडकमा उभिएर किन भिडियो खिचेको भन्ने बहाना गर्दै पत्रकारमाथि उल्टो जाइलागे।

त्यसक्रममा प्रहरी र पत्रकारबीच विवाद भएको थियो । दुवै पक्षको विवादमा प्रहरीले सडकमा उभिएर किन भिडियो खिचेको भनिरहे भने पत्रकारले जहाँ पक्राउ गर्यो त्यहीँ खिच्ने त हो, किन बिच सडकमा समातेको भन्दै प्रतिवाद गरेका थिए ।

विवाद बढ्दै जाँदा भिडियो खिचेर, अनुहार देखाएर केही फरक पर्दैन भन्दै डिएसपी शर्मा रिसाएका थिए । रविले पहिलो पटक दिएको ६ दिनको समयसकिएपछि कास्की अदालतमा उपस्थित हुने क्रममा पत्रकारसँग अभिब्यक्ति दिँदै सरकार र प्रधानमन्त्रीको तिखो आलोचना गरेपछि प्रहरीले रविलाई संचारकर्मीबाट टाढा राख्दै आएको छ ।

कास्की प्रहरीले रविलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा बयानका लागि मंगलबार रुपन्देही पठाएर शुक्रबार पोखरा फिर्ता लगेको थियो। रवि लामिछानेलाई गएको २५ गते थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

कास्की अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई फेरि अदालतमा उपस्थित गराइएको थियो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई प्रहरीले ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने योजना बनाएको छ । पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।

सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ । लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । रविका साझेदार पूर्वडी आईजीसमेत रहेका छविलाल जोशी पनि असोज ६ देखि कास्की प्रहरीको हिरासतमा छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top