×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

१९ कार्तिक, काठमाण्डौ ।

सहकारी प्रकरणमा दुई साताभन्दा लामो समयदेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल समेत ल्याउने भएको छ ।

कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानका क्रममा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की प्रहरीले अदालतबाट पाएको म्याद १४ गते नै सकिएको भए पनि तिहार बिदाका कारण उनलाई हिरासतमै राखिएको छ ।

रूपन्देही प्रहरीले मंगलबार म्याद थप नभएको अवस्थामा सोही दिन र म्याद थप भएमा छठ पर्वपछि बुटवल ल्याउने तयारी गरेको हो । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।

तर कास्की प्रहरी र सरकारी वकिलको कार्यालयमा लिइएको बयानमा समेत उनले आफू कुनै पनि सहकारीको सदस्य नरहेको र आफूले कुनै पनि ऋण नलिइएको बताएको प्रहरी स्रोतले जनाएको छ ।

रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार लामिछानेलाई अनुसन्धानका लागि रूपन्देही पठाइदिन एक साताअघि नै पत्राचार गरिसकेको र छठ पर्व सकिएपछि बुटवल ल्याइने छ ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमा छन् । बञ्जाडेलाई यसअघि नै बुटवल ल्याएर बयान लिई कास्की फर्काइएको छ ।

लामिछानेको नाममा २०७७ चैत १८ मा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहास्थित सुप्रिम सहकारीबाट २ करोड ऋण लिएको र सेवा शुल्क कटाएर १ करोड ९६ लाख लिएको आरोप छ ।

त्यसबेला लामिछाने गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशक थिए । त्यस्तै, बञ्जाडेको नाममा २०७७ माघ २९ गते २ करोड ५० लाखमध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको आरोप छ ।

लामिछाने र बञ्जाडे दुवैको नामको रकम गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको समेत प्रहरीको दाबी छ सुरुमा सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाइएको थियो ।

जहाँ रविको नाम उल्लेख थिएन । तर अहिले भने प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नामको ऋण भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेको उल्लेख छ ।

गुल्मीको मालिका गाउँपालिका–८ का ३० वर्षीय केसी हाल फरार छन् । केसीले भौचर सदर गरेपछि रोशनी गुरुङले गोर्खा मिडिया नेटवर्कको बैंक खातामा रकम जम्मा गरेकी थिइन् । गुरुङ भने अदालतबाट धरौटीमा रिहा भइसकेकी छिन् ।

रविमाथि लागेको सहकारीका आरोपहरुमाथि उनको दल भने सडक संघर्षमा उत्रिएको छ । रविको रिहाई नहुन्जेलसम्म दबाब कार्यक्रम जारी रहने रास्वपाले जनाएको छ। रास्वपाले रविमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै हिरासतमुक्त गरेर समेत रविमाथि अनुसन्धान गर्न सकिने भन्दै उनलाई तत्काल हिरासतमुक्त गर्न माग गर्दै आएको छ ।

यसका लागि रास्वपाका उपसभापति डीपी अर्याल प्रमुख सचेतक सन्तोष परियारसहितको टोलीले प्रधानमन्त्री, गृहमन्त्रीसहितलाई भेट गरी राजनीतिक लबिङ समेत गरिसकेको छ ।

यस्तै प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्य रास्वपाका सांसद डा. चन्दा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय समितिमा पार्टी सभापति लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुरोध गरेकी थिइन ।

रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की लगिएको थियो । रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की लगिएको थियो । त्यसपछि अदालतले उनीमाथि अनुसन्धान गर्नका लागि पहिलो पटक ६ दिनको समय दिएको थियो भने दोस्रो पटक ७ दिनको समय दिएको थियो ।

दोस्रो पटक थपिएको ७ दिनको समय १४ गते सकिए पनि तिहार बिदामा अदालत बन्द रहदा रवि प्रहरी हिरासतमै रहेका छन् । रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Scroll to Top