×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रविलाई बदनाम गरिएपछि रास्वपा झन बलियो

२२ कार्तिक २०८२

२१ कार्तिक , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्य संख्या ३ लाख पुगेको छ । स्थापना भएको ४० महिनामा ३ लाख पार्टी सदस्य बनेको रास्वपाले जनाएको छ । अझै ३ जिल्लामा समिति बन्न बाँकी रहेको छ ।

पार्टीका अनुसार हिमाली जिल्लाहरूमा पार्टीको कुनै पनि संरचना बन्न सकेको छैन । ७७ जिल्ला मध्ये ७४ जिल्लामा मात्रै पार्टीका संरचना बनेका छन् । ७५३ मध्ये ५५० पालिका र ४ हजार वडामा समिति बनेको सो पार्टीले जनाएको छ ।

देशका २ हजार ५ सय वडा र ५० पालिकामा मात्रै पार्टीको अधिवेशन भएको छ । ३५ देशमा रास्वपा विस्तार भएको दाबी रास्वपाको छ । रास्वपाको अहिले ६२ सदस्यीय केन्द्रीय समिति, एक सल्लाकार परिषद्, २ वटा आयोग, ३८ विभाग, ७ प्रदेश समिति र ती अन्तर्गत विभागहरू छन् ।

पार्टीमा जतिसुकै उत्साहित भएर लाग्दा पनि देशका सबै पालिका र जिल्लामा पार्टी संरचना ग्रासरुटसम्म लैजान नसकिएको यर्थाथता रहेको रास्वपाले जनाएको छ ।
पार्टी सभापति रवि लामिछानेमाथि झुटा मुद्दा लगाइनु, लान्छना र अफवाह फैलाउनु, बदनाम गरिनु तथा राजनीतिक र व्यक्तिगत प्रतिशोध गरिँदा पार्टी कमजोर नभई बलियो भएर फैलिएको विष्लेषण रास्वपाको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले पार्टीभित्र आत्मकेन्द्रित र अरुको खुट्टा तान्ने प्रवृत्ति हावी हुन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन् । पार्टीका गतिविधि र नेता कार्यकर्ताका कार्यशैलीमाथि पार्टीका सदस्यहरूले आत्मसमीक्षा गर्न उनले आग्रह गरे ।

चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट सुरु भएको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले विगत ४० महिनाको छोटो अवधिमा पार्टीले महत्वपूर्ण उपलब्धिलाई हासिल गरेको बताए ।

उनले बामे सर्न लागेको बालक दौडिन नसक्ने उदाहरण दिँदै समयभन्दा अगाडि अप्राकृतिक अपेक्षा राख्दा पार्टीलाई नै कमजोर बनाउने तर्क गरे । कार्यवाहक सभापति अर्यालले पार्टीमा ‘टिम’ को भावनाको कमी भएको महसुस भएको बताए ।

‘हामी भर्खरै पार्टी बन्ने प्रक्रियाको सुरुवाती चरणमा छौँ, सिक्दै र हुर्कंदैछौं । तर हामीमध्ये कतिपयलाई दौडिन हतार भइसकेको छ , उनले भने– ‘टिम नबन्दासम्म हामीलाई टिम चाहिन्छ, तर टिम बनेपछि हामी एक्लै गर्न सक्छौँ भन्ने लाग्छ । यो प्रवृत्तिले हामीलाई निकै गाँज्दै लगेको जस्तो लाग्छ ।’

उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई अरूलाई दोष दिनुभन्दा पहिले आफ्नो जिम्मेवारी बोध गर्न आग्रह गरे । पुराना पार्टीहरूको औचित्यमाथि प्रश्न उठिरहेको बेला रास्वपा पनि ‘तिललाई पहाड’ बनाएर आन्तरिक कलहमै अल्झिने खतरा रहेको उनले औँल्याए ।

‘यो पार्टी ठुलो र राम्रो हुँदा जस लिने पनि हामी हौँ, खुम्चिँदा अपजस लिनुपर्ने पनि हामीले नै हो । तर, बैठकमा उपस्थित कतिपय सदस्यहरू आफूलाई नभई अरूलाई प्रश्न गर्ने, खिसीटिउरी गर्ने वा बदनाम गर्ने नियतले उपस्थित भएको हो ?’ उनले भने, ‘रास्वपालाई कमजोर बनाएर तपाईं–हामी कहिल्यै बलियो हुन सक्दैनौँ । मझेरी खनेर आँगन पुर्ने काम हामीले गर्नुहुँदैन’ उनले भने ।

आगामी चुनावमा पार्टीले जित्नैपर्ने दबाब रहेको बताउँदै अर्यालले त्यसका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । उनले पार्टीले जित्ने उम्मेदवार बाहिर खोज्नुभन्दा पनि आफ्नैभित्रबाट तयार गर्न नसक्नुको जिम्मेवारी सबैले लिनुपर्ने बताए ।

यस्तै कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज पार्टीको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । राजनीतिक प्रतिवेदनमा ‘चुनावी अवधारणा र एजेन्डा’ शीर्षकको ‘संविधान परिमार्जन’ उपशीर्षकमा अर्यालले भनेका छन्, ‘कार्यान्वयनको समीक्षासहित जनताको आकांक्षा र राष्ट्रिय आवश्यकता सम्बोधन तथा नयाँ राजनीतिक परिस्थिति वा सम्झौतालाई संस्थागत गर्न संविधान परिमार्जन गर्नै पर्ने अवस्थामा हामी पुगिसकेका छौँ ।’

जेनजी आन्दोलनको म्यान्डेट र युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान परिमार्जन अपरिहार्य रहेको प्रतिवेदनमा तर्क गरिएको छ । सरकारले अविलम्ब संविधान परिमार्जन सुझाव आयोग कार्यदल गठन गर्न सुझाव दिइएको छ ।

उनले भनेका छन्, ‘सभापतिज्यूले भैरहवा कारागारबाट सचिवालयमार्फत जारी गराउनुभएको अपिलमा पनि संविधान संशोधनबारे चर्चा गरिएको छ ।’ यस्तै अर्यालको प्रतिवेदनले परम्परागतरुपमा ‘संघीयताको पुनर्संरचना’ मात्र भनेको छ ।

विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पाँचवटा प्रदेश मन्त्रालय हुनुपर्ने पार्टीको पुरानै नीति उनले दोहो¥याएका छन् । पार्टीको आगामी कार्यदिशा र चुनावी रणनीति तय गर्न चितवनको सौराहामा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ ।

बैठकमा आगामी निर्वाचन रणनीति, पार्टी सङ्गठन विस्तार, पार्टीको विचार सिद्धान्तको बारेमा थप स्पष्ट गर्नेबारे छलफल हुनेछ । रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेले वैधानिकता, एजेन्डा र अपेक्षित परिणामबारे बैठकमा विस्तृत छलफल हुने बताए ।

उपसभापति वाग्लेका अनुसार पार्टीको विधानले पहिलो महाधिवेशन नहुन्जेलसम्मको सङ्क्रमणकालीन अवस्थामा केन्द्रीय समितिलाई विशेष अधिकार दिएको छ। सोही अधिकार प्रयोग गर्दै र फराकिलो दायरामा छलफल गर्न केन्द्रीय समितिले यो विस्तारित बैठक आयोजना गरेको गरिएको उनले बताए ।

’यो बैठक कर्तव्य बोध र उदारताका साथ आयोजना गरिएको हो ।’ विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले भने, ’हाम्रो ६० जनाको सामूहिक विवेकभन्दा पनि अझ फराकिलो ढङ्गले राय, विमर्श र चिन्तन गरौँ भन्ने उद्देश्य हो।’

डा. वाग्लेले बैठकमा मुख्यतया पाँचवटा प्रस्तावमाथि घनिभूत छलफल हुने जानकारी दिए । बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीको वर्तमान राजनीतिक अवस्था, सुशासनको पक्षमा भएका हस्तक्षेप र आगामी रोडम्याप समेटिएको प्रतिवेदन पेस गर्नेछन् भने महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीको वर्तमान साङ्गठनिक स्वरूपको समीक्षा र सुधारका प्रस्तावहरू प्रस्तुत गर्नेछन्।

सभापति रवि लामिछानेविरुद्ध भएको ’राजनीतिक प्रतिशोध’ विरुद्ध चलाइएको हस्ताक्षर अभियानको प्रगति र त्यसबाट प्राप्त जनसमर्थनबारे संयोजकले प्रतिवेदन पेस हुने उपसभापति डा. वाग्लेले बताए ।

आगामी संघीय निर्वाचनलाई लक्षित गरी तयार पारिने वाचापत्रको प्रारम्भिक खाका र मोडालिटी उपसभापति डा. स्वर्णिम वाग्ले आफैँले प्रस्तुत गर्नेछन् । बैठकले निर्वाचनका लागि उमेदवार छनोटको विधि र प्रक्रियाबारे सहमहामन्त्रीले प्रस्ताव पेस गर्नेछन्।

डा. वाग्लेले यो बैठकले पार्टीलाई २१ सिटबाट बहुमतको लक्ष्यतर्फ अघि बढाउन बलियो आधार तयार गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, बैठकमा उठेका राय, सुझावहरूलाई वैज्ञानिक र लोकतान्त्रिक ढङ्गले सङ्कलन गरी पार्टीको रणनीति परिमार्जन गरिनेछ।

हाल देश असामान्य राजनीतिक र संवैधानिक अवस्थाबाट गुज्रिरहेको र विभिन्न शक्तिबिच ध्रुवीकरण चलिरहेको सन्दर्भमा रास्वपाले वैकल्पिक शक्तिको अगुवाइ गर्नेबारे पनि बैठकमा छलफल हुनेछ। बैठकको अन्त्यमा ’चितवन घोषणापत्र’ जारी गर्ने प्रारम्भिक लक्ष्य रहेको पनि डा. वाग्लेले बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top