×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रविलाई ३ दिनमा २३ घण्टा बयान, ७४ वटा प्रश्न, के दिए जवाफ ?

३० कार्तिक २०८१

३० कार्तिक , काठमाण्डौ।

रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पोखरा लगिएको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको उनीमाथि आरोप थियो ।

बिहानैबाट हुस्सु लागेर मौसम खराबीका कारण भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नखुलेकाले पौने ८ बजेको उडान साढे ५ घण्टा डिले भएको थियो । रुपन्देहीका प्रहरी प्रवक्ता लक्ष्मी खनालले लामिछानेलाई विमानस्थल खुलेपछि पोखरा पठाइएको बताएकी छन् ।

बिहीबार अन्तिम उडानमा पठाउन खोजिएपनि बयान सकिएपछि कागजपत्र मिलाउन ढिलाई भएकाले आजलाई सारिएको थियो । उनलाई यती एयरमार्फत पोखरा पठाइएको हो । पोखरा पुर्याएसँगै रविको स्वास्थ्य परीक्षण गरिएको छ ।

सो क्रममा रविको भिडियो खिच्न समेत प्रहरीले रोक लगाएको थियो । भिडियो खिच्नेहरुको मोबाइल क्यामरा जफत गर्न र प्रहरी कार्यालयमा आएर लिन प्रहरीले भनेको थियो। भैरहवाबाट पोखरा लैजादा दुईतर्फ प्रहरीको बाक्लो तैनाथी देखिएको थियो ।

रविलाई पछिल्लो पटक १३ दिनको समय थप भएको छ । उनी कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका छन् । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेको बयान हिजो साँझ अबेर सकिएको थियो ।

सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग ३ दिनमा साढे २३ घण्टा लगाएर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए । यसक्रमा उनलाई ७४ वटा प्रश्न सोधिएको थियो ।

रविलाई सुरुमा मौखिक र पछि लिखित बयान लिइएको थियो । गत मंगलबार मध्यान्न कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टाको बयानमा ७४ वटा सवालको जवाफ लिइएको न्यायधिवक्ता पौडेलले उल्लेख गरे ।

बयान लिने क्रममा जिल्ला न्यायाधिवक्ता पौडेलसहित प्रहरी प्रमुखको उपस्थिति रहेको थियो । लामिछानेसँग बिहिबार बिहान साढे १० देखि राति ८ बजेसम्म बयान लिइएको थियो । लामिछानेलाई राति ८ः २५ बजे सरकारी वकिल कार्यालयबाट बाहिर निकालिएको थियो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको अभियोगमा रुपन्देहीमा बयान लिइएको हो । ईलाका प्रहरी कार्यालय बुटवलले सहकारी ठगीमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा चलाएपछि अदालतको आदेश अनुसार पक्राउ पूर्जी समेत जारी भएको थियो ।

बयानका क्रममा लामिछानेले आफू सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको सदस्य नै नभएको भन्दै बचत अपचलनमा संलग्न रहेको इन्कार गरेको स्रोतले बताएको छ । ईलाका प्रहरी कार्यालय बुटवलमार्फत् अभियोजन गरिएको मुद्दा सरकारी वकिल कार्यालयले बयान पश्चात अदालतमा पेस गर्नेछ ।

सुप्रिमबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबीन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

यसमध्ये सुप्रिमको करिब एक अर्ब ऋण प्रवाहमध्ये जीबी राई जोडिएका संस्था, कम्पनी र व्यक्तिको मात्रै ७० प्रतिशत बढी अर्थात् ७० करोड रुपैयाँ रकम नै हिनामिना भएको संसदीय प्रतिवेदनमा उल्लेख छ ।

यता रविको पक्राउको विरुद्धमा रास्वपाले सडक प्रर्दशन गर्दै उनीमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाइरहेको अवस्थामा सत्तारुढ दल नेपाली कांग्रेसको समेत रवि बारे पार्टीको धारणा सार्वजनिक भएको छ ।

प्रवक्ता डा. प्रकाशशरण महतले रवि लामिछानेको विषय अदालतमा भइसकेकाले बोल्न आवश्यक नभएको बताएका छन् । उनले भने, ‘रविजीको बारेमा संसदीय छानबिन समितिले सर्वसम्मत नाम नै तोकेर रवि लामिछानेसहित चार जनालाई कारबाहीको लागि सिफारिस गरेको छ।

त्यसपछि सरकार अनुसन्धान निकायहरूले ग¥यो। उहाँहरूले केही आधार देखेर नै प्रक्रिया अघि बढाएको होला। अदालतले पनि केही आधार देखेर थुनामा राखेको हो। अब त्यो अदालतको हातमा गइसक्यो। अब अदालतले बोल्छ, हामीले केही भन्नुपर्ने छैन। निर्दोष भए अदालतले सफाइ दिन्छ, दोषी भएर कारबाही हुन्छ।’

उनले सहकारी प्रकरणमा पार्टीको जोसुकै नेता मुछिएपछि दोषी देखिए कारबाही गर्ने आफूहरूले अवरोध नगर्ने बताएका छन्। नेपाल प्रेस युनियन रुकुम पश्चिमले सदरमुकाम मुसिकोट खलंगामा गरेको पत्रकार सम्मेलन बोल्दै प्रश्न उठेकाहरूमाथि छानबिन गर्न पार्टीले भनिसकेको बताए।

कांग्रेस उपसभापति धनराज गुरुङलाई पनि सहकारी ठगीको आरोप लागेको छ। रास्वपाले समेत आफ्ना नेतालाई संरक्षण गरेको आरोप लगाइरहेको छ । उनीमाथि दुई दिन अघि सिआईबीले बयान लिएर कागज गराएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top