×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

६ पुष , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘जेनजी’ आन्दोलनका सहिदका परिवारसँग छलफल गरेका छन् । शनिबार काठमाडौं आएलगत्तै बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालयमा पुरेर उनले छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग उनले जेनजी आन्दोलनका क्रममा युवाको हत्या गरिएको भन्दै सहिद परिवारको न्यायका निम्ति लड्ने बताए । सुशासन कायम गर्ने दिशामा सरकारलाई रास्वपाको पूर्ण साथ रहने उनले उल्लेख गरे ।

उनले जेनजी र सहिद परिवारको मागलाई पूरा गर्न रास्वपा र आफ्नो ऐक्यबद्धता रहने बताए । जेनजी आन्दोलनका क्रममा छानीछानी हत्या गरिँदा पनि कारबाही गर्न सरकारले अग्रसरता नदेखाएको सहिद परिवारले गुनासो गरेको लामिछानेले जानकारी दिए ।

यसअघि चितवनमा रविले जेनजीहरूले गरेको आन्दोलनको प्रशंसा गरेका थिए । ‘म जेनजी पुस्ताका दाजुभाइ दिदीबहिनीहरूलाई सलाम भन्न चाहन्छु, हामीले त चुनाव कुरेका थियौं, तपाईंहरूले चनुाव सुनाव कुर्नुभएन । बजाइदिनुभयो,’ लामिछानेले भनेका छन् ।

आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विषय लिएर अहिले पनि आफू बाँचिरहेको टिप्पणी रविले गरेका थिए । चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले आफूमाथि अन्याय भएको दोहो¥याएका थिए ।

‘आज पर्यन्त अन्यायका विरुद्धमा चितवनबासीले अझै पनि अन्यायका विरुद्ध यहीँबाट उठ्न, यो गुन तपाईंहरूले मलाई मात्रै होइन देशका लागि लगाउनुभएको छ । देशलाई तिर्ने तपाईंहरूको गुन संवाहक बनेर देशलाई तिर्नेछु,’ लामिछानेले भने, ‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ । म यो विषय लिएर पनि लड्छु । जेनजी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ ।’

सो क्रममा उनले पुराना पुस्ताका नेताहरूतर्फ इंगित गर्दै उनीहरूले देशलाई नै दुख दिएको र त्यसको अगाडि आफूलाई दिएको दुख केही नभएको पनि बताए । ‘यिनले मलाई अन्याय गरे मलाई थुने, दुख दिए भनेर के चित्त दुखाउनु । सिंगो देशलाई दुख दिएका छन् । सिंगो देशको अगाडि मलाई दिएको दुख केही होइन । सिंगो देश र पुस्तालाई दिएको दुखको हिसाब मिलाउनु छ । यिनीहरूसँग लड्नु र बदला लिन कुनै जरुरी छैन,’ लामिछानेले भने ।

उनले थप भनेका छन्, ‘हामीले लड्नुपर्ने यिनीहरूसँग होइन, जसलाई जनताले अपदस्त गरे यिनीहरूको अगाडि के लड्नु ? हामी लड्ने त हामीलाई दिएको उपहारस्वरुप चढाएको भोक, शोक, जमिन, अशिक्षा, बेरोजगारीविरुद्ध लड्ने हो ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top