×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

४ पुस , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुद्ध एयरको जहाजमा चितवनको भरतपुर विमानस्थल पुगेका छन् । रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि उनी काठमाडौंको त्रिभुवन विमानस्थलबाट चितवन गएका हुन् ।

रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले भर्खरै जहाज चितवन ल्यान्ड भएको भन्दै भैरहवा गाडीमा गइरहेको बताएका छन् । भैरहवामा कुहिरो लागेर भिजिबिलिटी कम भएपछि लामिछाने शुक्रबार बिहान करिब ७ बजेदेखि दिउँसोसम्म काठमाडौं एयरपोर्टमै रोकिएका थिए ।

बिहीबार (पुस ३)मा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो रकम बराबरको धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यही प्रक्रिया पूरा गर्न नक्खु कारागारबाट निस्किएर उनी रुपन्देही जिल्ला अदालत जान लागेका हुन् ।

शुक्रबार कार्यालय समय २ बजेसम्म भए पनि जिल्ला अदालत रुपन्देही आउँदै गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापित रवि लामिछानेको काम आजै हुने भएको छ ।

जिल्ला अदालत रुपन्देहीले अदालतसमक्ष उपस्थित गराउन प्रहरीलाई आग्रह गरेपछि जुनसुकै समयमा अदालत आए पनि काम हुने जिल्ला अदालत रुपन्देहीले जनाएको छ । उनलाई नेपाल प्रहरीको रोहबरमा रुपन्देही भैरहवा ल्याइँदै छ ।

लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल तथा रास्वपाका केही नेता पनि उनीसँगै रहेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही आउन लागेका हुन् ।

लामिछाने ललितपुर स्थित नख्खु कारागारमा थुनामा थिए ।बुटवल स्थित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न कसुरमा लामिछानेले यसअघि २०८१ माघमा राखेको १ करोड धरौटी उनले पुनः राख्नुपर्ने भएको छ ।

यसअघिको धरौटी रकम फुकुवा भैसकेको छ । यस्तै निवेदन साथ पेस गरेको बैक जमानत २ करोड ७४ लाख ८४ हजार रकम प्रमाणीकरण गरेर सनाखत गरिने छ । रविले पहिल्यै बैंक जमानत बुझाइसकेकाले अब कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी छ।

उनले यसअघि जिल्ला अदालतमा जमानत लिएर रिहा गर्न माग गर्दै बैंक ग्यारेन्टी पनि बुझाएका थिए। तर जिल्लाले त्यसरी छाड्न नमिल्ने भन्दै अस्वीकार गरेको थियो। त्यसपछि रवि यही माग लिएर उच्च अदालत पुगेका हुन्।

उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई विभिन्न सर्तसहित रिहा गर्न आदेश दिएको हो। आदेश अनुसार रविले जिल्ला अदालतले सुरुमा माग गरेको एक करोड धरौटी, बिगोबापतको २ करोड ७४ लाख ८४ हजार जमानत बुझाउनु पर्नेछ।

यस्तै पछि फैसला हुँदा धरौटी र बिगोबापतको जमानतभन्दा बढी फैसला भएको खण्डमा पनि स्वीकार गर्नुपर्नेछ। २०८१ माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

तर त्यसविरुद्ध दुवै पक्ष उच्च अदालत पुगेका थिए। उच्च अदालतले २०८१ चैतमा रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि उनलाई भैरहवा कारागार चलान गरिएको थियो।

उनले आफूलाई कारागार सरुवा गर्न माग गर्दै निवेदन दिएपछि उनलाई रुपन्देही कारागारबाट साउन ३१ गते काठमाडौँ कारागार सरुवा गरिएको थियो। सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ।

उनीहरूले सहकारीको ५५ करोड रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीबीसहित चार जनाले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ।

रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गरेका थिए। जसलाई उच्च अदालतले स्वीकार गरेको हो। आज रुपन्देहीबाट रिहा भएपछि रवि चितवनमा जाने भएका छन्। शनिवार चितवनको कार्यक्रममा रविले सम्बोधन गर्नेछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top