×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

८ पुष , काठमाण्डौ ।

फागुन २१ गते चुनाव हुने हो कि होइन, संसद विघटनबारे सर्वोच्च अदालतबाट कस्तो फैसला आउला, आफ्ना मागहरु पुरा नभए आन्दोलन चर्काउने र चुनाव पनि हुन नदिने केही जेनजीहरुको समूह, दुर्गा प्रसाइँलगायतका समूहहरुको चेतावनी, एमालेसहितले सुशीला कार्की नेतृत्वको सरकार हटाएर नयाँ सर्वपक्षिय सरकार बनाउनु पर्ने अडान, सडकमा बढ्न थालेका प्रदर्शनीहरु लगायतका पृष्ठभूमिमा नेपाल अब कतातर्फ जान लाग्दैछ भन्ने संत्रास र अन्यौल बढिरहेको छ ।

यो बेला नागरिकहरुलाई आश्वास्त पार्दै सहि मार्गतिर डोहोर्याउनु पर्ने दलहरु सबै आआफ्नो डम्फु बजाउनमै व्यस्त छन् । उनीहरुको गतिविधिले झनै शंसय बढाइरहेको छ । सडकको माग, नवपुस्तासहित आमजनताको आवाज एकातर्फ छ, पुराना विसंगतिहरु सबै टक्टक्याएर नयाँ थिति बसाल्दै मुलुकलाई निकास दिने ।

तर दलहरुले उल्टो बाटो समाएको अनुभुत जनताले गरिरहेका छन् । दलभित्रै पनि शीर्ष नेताहरु पुरानै शैलीमा र अन्य नेताहरु परिवर्तन भन्दै दुई खेमामा बाँडिएका जस्ता पनि देखिदैछन् । यसबीच सबैभन्दा ठुला, पुराना, जोसंग जनताको सबैभन्दा बढी विश्वास र आशा हुनुपर्ने थियो, नेपाली काँग्रेस र नेकपा एमाले ।

उनीहरु फेरि आफ्नो पुरानै गठबन्धन व्युँत्याउने कसरतमा लागि परेका छन् । उनीहरु संसद् पुनस्र्थापनामार्फत गुमेको ‘राजनीतिक कमान्ड’ पुनः आफ्नै हातमा लिने दाउमा रहेका छन् । यसका लागि शेरबहादुर देउवा र केपी ओलीबिच भेटवार्ता तीव्र भइरहेको छ ।

उनीहरूबिच जेन–जी आन्दोलनको धक्कापछि विघटित प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षरसहित पुनस्र्थापनाको पूरक रिट लिएर सर्वोच्च अदालत जाने सहमति बनेको छ । कांग्रेस–एमाले जेन–जी आन्दोलनपूर्वको सत्तासाझेदार दल हुन् ।

एकातिर ठुला, पुराना भनिएका यी दलहरुले चुनावको तयारी गर्नुपर्नेमा अदालतबाट सत्ता फर्काउन जोडतोड गरिरहेका छन्, अर्कातिर नयाँ वैकल्पिक भनिएका दलहरु भने मिलेर फागुनको चुनावलाई आफ्नो पक्षमा पार्न घनिभुत गृहकार्य गरिरहेका छन् ।

यो क्रम चुनावको मिति तोकिएसंगै बढेपनि पछिल्लो पटक रास्वपा सभापति रवि लामिछाने धरौटीमा जेलबाट रिहा भएपछि तीव्र बनेको हो । विवेकशील साझा पार्टीका नेताहरुलाई भित्र्याइसकेको रास्वपाले मन्त्री कुलमान घिसिंग र काठमाडौंका मेयर बालेन साहलाई पार्टीमा भित्र्याउने तयारी गरेको छ ।

जसरी तयारीहरु अघि बढेको छ, छिटै नै सकारात्मक समाचार दिइने रास्वपाका नेताहरुले बताएका छन् । यसबीच गएराति रवि लामिछाने र बालेन शाहबीच ५ घण्टा वार्ता भएपछि पुसको कठ्याँग्रिदो चिसोमा एकाएक नेपालको राजनीतिक माहौल भने निकै तताइदिएको छ ।

रवि र बालेनबीच मिलेरै अघि बढ्नेबारेमा छलफल भएको बताइएको छ । विहानको रातसम्म पूर्वसांसद असिम शाहको निवासमा करिब साढे ५ घण्टा दुई जनाबीच कुराकानी भएको थियो । अशिम शाहले भेटपछि राति पत्रकारहरुसँग कुरा गर्दै मिलेर अघि बढ्ने बारेमा छलफल भएको बताए ।

“सौहार्दपूर्ण वातावरणमा भएको छ । देशलाई प्राथमिकतामा राखेर मिलेर जानुपर्छ भन्ने नै हो । प्रधानमन्त्रीको प्रस्तावमा कुरा भएको होइन,” उनले भने, “दाजुभाइ एकठाउँमा बसेर कुरा भएको हो । यो तहमा कहिल्यै बस्न पाएका थिएनन् । अब मिलेरै अघि बढ्ने भन्ने कुरा हो ।”

भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएका थिए। भेटवार्तामा भएका ठोस विषय सार्वजनिक नगरिए पनि मिलेर अघि बढ्नुपर्ने आवश्यकता र राजनीतिक सहकार्यका विषयमा सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ।

भेटमा यसपटकको चुनावमा बालेनलाई प्रधानमन्त्री बनाउन रविले सघाउने र अर्को चुनावमा रविलाई बालेनले सघाउने समझदारी बनेको उनीहरु निकट स्रोतको भनाइ छ । ‘आगामी प्रतिनिधि सभा निर्वाचनबाट बालेन चुनाव लड्ने र रविले बालेनलाई पूरै पाँच वर्ष प्रधानमन्त्री बन्न सघाउने भन्ने समझदारी बनेको छ,’ स्रोतले भनेको छ, ‘अर्को चुनावमा भने बालेनले रविलाई त्यसैगरी सघाउने कुरा छ ।’

यसअघि उनीहरूबिच आइतबार पनि भेटवार्ता भएको थियो । त्यसअघि पनि रास्वपाको संवाद समिति र मेयर शाहको टिमबिच सहकार्यका लागि पटक–पटक छलफल हुँदै आएको थियो । सोमबारको छलफलमा दुई नेताबीच निर्वाचनअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने सहमति पनि भएको भनिएको छ।

न्यायिक आदेशबाट रिहा भएलगत्तै रविले राजनीतिक भेटघाट र संवादलाई तीव्र बनाएका छन्, जसलाई आगामी निर्वाचनअघि वैकल्पिक राजनीतिक ध्रुव निर्माणतर्फको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।

वैकल्पिक शक्तिहरूबिच सहकार्यका लागि आफू सबै किसिमका त्याग गर्न तयार रहेको सन्देश लामिछानेले सार्वजनिक रूपमै दिइसकेका छन् । रास्वपा नेता गणेश कार्कीले नयाँ शक्तिहरू मिल्नुपर्छ भनेर सभापति लामिछाने र मेयर शाहबिच निरन्तर भेट भइरहेको बताए ।

उनले नेतृत्व तहमै निर्णायक छलफल भइरहेको र सकारात्मक नतिजा आउने अपेक्षा गरे । जेलबाट बाहिर आएलगत्तै रवि लामिछानेले आफ्नो सक्रियता तीव्र बढाएका छन् । उनले भोली पल्टै चितवनमा आयोजित जनसभालाई सम्बोधन गरेका थिए भने काठमाडौं आउनासाथ घाइते जेनजी र शहीद परिवारलाई भेट्न पुगेका थिए ।

दोस्रो दिन उनी पार्टी सभापतिमा पुन पदबहाली भएका थिए । त्यसपछि आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग एक्ला–एक्लै वार्ता गरेका थिए । त्यसपछि लामिछानेले मेयर शाहलाई भेटेका हुन् ।

लामिछानेले ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि भेट्ने तयारी रहेको रास्वपा नेताहरूले बताएका छन् । घिसिङ पनि सहकार्यका लागि सकारात्मक रहेको संवादमा रहेका नेताहरूको भनाइ छ ।

वार्ताको समन्वय गरेका जेन–जी अगुवा सुदन गुरुङले दुवै नेता नयाँ शक्तिहरूको एकताका लागि सकारात्मक रहेको बताए । गुरुङले एजेन्डामा दुवै एकैठाउँमा भए पनि शक्ति सन्तुलन र संगठनात्मक बाँडफाँट मिल्न बाँकी रहेको बताएका छन् ।

यसअघि आइतबार मात्र लामिछानेले नयाँ शक्तिहरू एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने भावनालाई आफूले बुझेको बताएका थिए । ‘विभिन्न ठाउँबाट उदाउनुभएका नयाँ शक्तिहरू एक ठाउँ आएर परिवर्तन गर्नुपर्छ भन्ने भावना मैले राम्रोसँग बुझेको छु । परिवर्तनको यात्रामा एउटा पुस्तालाई न्याय दिने र इतिहास लेखिने कुरामा रास्वपा सँगै छ । विभिन्न भेटघाट निरन्तर चलिरहेका छन् । परिवर्तन संस्थागत बनोस्, स्थायी बनोस् र पछिसम्मका लागि परिवर्तन गर्न सक्ने पार्टी बनोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

त्यसअघि उनले शनिबार नयाँ दलहरू मिल्ने सर्तमा आफूले पहिलो त्याग गर्न तयार रहेको बताएका थिए । ‘तपाईंहरूले पनि नयाँ साथीहरू मिल्नुपर्छ भन्नुभएको छ । मिल्नुपर्नेहरू जो–जो हो, हामी मिलेरै छाड्छौँ, चिन्ता नगर्नुहोस् । सबै साथीहरू संवादमा हुनुहुन्छ । मिल्ने भनेको टाउको ठोकेर मित लगाएजस्तो होइन । सिंगो पुस्ताको भविष्यका लागि मिलिरहने हो भने मिलौँ । यसका लागि पहिलो त्याग रवि लामिछानेले गर्छ । एउटा चुनावका लागि हो भने–आई एम सरी ।’ भनेका थिए ।

नयाँ वैकल्पिक शक्तिहरुको यस किसिमको सक्रियता बढेसंगै अब के रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ साझा दायित्व स्विकारेर एउटै राष्ट्रिय यात्रामा उभिन लागेका हुन् भन्ने प्रश्नले सबैको ध्यान खिँचेको छ ।

यसले परिवर्तन खोजिरहेका जनताहरुमा भने नयाँ आशाको संचार गरेको छ, भने पुरान दलहरुमा ढ्याँग्रो ठोकिन थालेको विश्लेषकहरुले बताएका छन् । यी तीनैजनाले साझा पहल गरेर पुरानो शक्तिको प्रभावलाई सन्तुलनमा राख्नसक्ने ठानिएको छ  ।

विशेषगरी पार्टीका हिसाबले रविमाथि अलि बढी जिम्मेवारी रहन्छ । र ८४ दिनपछि हिरासतबाट निस्किनासाथ उनले देखाएको दौडधुप र आक्रामक क्रियाशीलताले नयाँ चाहानेहरुमा त्यो संचार पनि गरेको छ ।

रिहा भएलगत्तै उनी पार्टीमा पूर्ववत् जिम्मेवारीमा फर्किएका छन् । पुराना दललाई चेतावनी दिएका छन् । नयाँ दल र शक्तिसँग एकता हुने दाबी गरेका छन् । जेनजीको अभिभावकीय भूमिका आफूले लिने पनि दाबी उनले घोषणा गरेका छन् ।

भदौ २३ गतेको घटनालाई नजर अन्दाज नगर्न उनले चेतावनी दिएका छन् । यसबीच चुनाव हुने÷नहुने अन्योल रहिरहेका बेला रास्वपा भने प्रचार अभियानमा लागिसकेको छ । शनिबार चितवनमा भएको सभामा बोल्ने क्रममा सरकारलाई समर्थन गर्न रास्वपा तत्पर रहेको रविले बताए ।

प्रधानमन्त्री कार्कीलाई खुट्टा नकमाउन आग्रह गरे । प्रधानमन्त्रीलाई ढाडस दिँदै भने, ‘समयमा निर्वाचन गर्न सरकारलाई हाम्रो साथ छ । मैले प्रधानमन्त्रीको अनुहार अँध्यारो देखिरहेको छु । अनुहारमा हाँसो ल्याउनुस् प्रधानमन्त्रीज्यू ।’

न्याय क्षेत्रमा रहेर विगतमा उल्लेखनीय भूमिका खेलेको भन्दै प्रधानमन्त्री कार्कीको प्रशंसा गर्दै अब देशलाई न्याय दिन आग्रह गरे । आइतबार साँझ रास्वपा सभापति रविले शीर्ष नेताहरूलाई साथमा लिएर प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे ।

प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल छलफलमा सहभागी थिए । यो भेटपछि सरकारका प्रवत्ताले पनि रास्वपासंग सहकार्य गर्न सरकार तयार रहेको भनेका छन् ।

यता यहीबीचमा रविले नयाँ दल वा शक्तिहरूसँग सम्भावित एकताका विषयहरू पनि खुलाएका हुन् । यस्तोमा रविको राजनीतिक कमान्ड, बालेनको उत्प्रेरक शक्ति र कुलमानको कार्यान्वयन क्षमता, यी एकै ठाउँ आए भने त्यो केवल दल होइन, राष्ट्र विकासको महत्वकांक्षी परियोजना बन्न सक्ने धेरैको बुझाइ छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top