×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रवि र कुशवाहले लिए अग्रता, उपेन्द्र दोस्रोमा

११ बैशाख २०८०

११ वैंशाख, काठमाण्डौ ।
बारा क्षेत्र नम्बर २ को सुरूवाती रुझानमा अगाडि देखिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पछि पर्न थालेका छन् । कलैयामा भइरहेको मतगणनाको पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६२८ मतसहित अग्रता कायम गरेका छन् ।

सत्ता गठबन्धनको साथ लिएर जसपाका उम्मेदवार यादव अहिले ५७ मतले पछाडि परेका छन् । उनले ताजा अवस्थामा ५ सय ७१ मत ल्याएका छन् । त्यहाँ नेकपा एमालेका पुरुषोत्तम पौडेल ५१० मतसहित तेस्रो स्थानमा छन्। अर्कातिर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २३६ मत ल्याएका छन् ।

त्यहाँ करैयामाई गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ बाट मतगणना थालिएको थियो । यता चितवन–२ को इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । दुईवटा वडाको २ हजार ४८४ मत गणना हुँदा लामिछानेले एक हजार १५५ मत पाएका छन् ।

एमालेका रामप्रसाद न्यौपानेको ६६५ मत आएको छ । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत प्राप्त गरेका छन् । उता तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई १० हजार बढी मतले पछि पारेका छन् ।

आधा मत गणना भइसक्दा अर्थविद् वाग्लेले नेपाल प्रहरीका पूर्व आईजीपीसमेत रहेका खनाललाई १० हजार १३५ मतले पछि पारेका हुन् । क्षेत्र नम्बर १ मा पर्ने कुल ४२ वडामध्ये २१ वडाको मत गणना सम्पन्न हुँदा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार खनालले ५ हजार मत पुर्याउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको मत ८ हजार ७३१ मत पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तनहुँ १ मा खसेको कुल मतमध्ये सोमबार दिउँसोसम्म २९ हजार ८०२ मतपत्र गणना भइसकेको जनाएको छ । आइतबार सम्पन्न मतदानमा यहाँ ६३ हजार ७५७ मत खसेको थियो । तनहुँको जिल्ला समन्वय समितिको सभाहलमा गए रातिदेखि मतगणना जारी छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top