×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

८ पुष , काठमाण्डौ ।

जेनजी आन्दोलनपछि एकता र सहकार्य गरेर अघि बढ्नु पर्ने दबाबमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार राति लामो अनि महत्वपूर्ण भेटवार्ता भएको छ ।

कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम साहको निवासमा भएको छलफल करिब ५ घण्टा चलेको थियो ।सोमबार साँझ ८ बजेदेखि सुरु भएको वार्ता मंगलबार बिहान १ बजेसम्म निरन्तर चलेको थियो ।

छलफलमा रास्वपाको तर्फबाट सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन समूहको तर्फबाट बालेन शाहसहित वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए ।

भेटवार्तामा आगामी दिनमा चुनावी तालमेल र सम्भावित सहकार्यका विषयमा गम्भीर छलफल भएको थियो । औपचारिक निर्णय सार्वजनिक नभए पनि दुवै पक्षले संवादलाई सकारात्मक रूपमा अघि बढाउने सहमति जनाएका छन् ।

भेटमा सहभागी असिम साहले भेट सौहार्दपूर्ण भएको र मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए । भेटमा भएका छलफलका विषय सार्वजनिक त भएका छैनन् तर यो भेटले एकताको सन्देश दिएको उनीहरु निकट नेताले बताएका छन् ।

भेटवार्ताको चाँजोपाँजो मिलाएका रास्वपा नेता असिम साहले सञ्चारकर्मीहरुसँग भने, ‘बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो । त्यसको सुखद सुरुवात भएको छ । सन्देश केहो भने दुई जना मिलेर जाने हो । अब अगाडि बढ्ने हो ।’

उनले सामाजिक संजाल फेसबुकमा पनि लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

सहकारीको रकम हिनामिनाको आरोपमा लामो समयको कारागार बसाइपछि गत शुक्रबार धरौटीमा रिहा भएका रविले विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाएका छन् । गत शुक्रबार उच्च अदालत बुटवलबाट निस्किएका लामिछाने चितवन हुँदै काठमाडौं आइपुगेका थिए ।

शनिबार दिउँसो काठमाडौं आएलगत्तै जेनजी घाइते र शहीद परिवारसँग भेटवार्ता गरे । भोलिपल्ट आइतबार पार्टी कार्यालयमा स्वागत, बैठकपछि उनले देखिनेगरी प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारी टोलीसँग छलफल गरे ।

यसबीचमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग दुईपटक भेटवार्ता गरिसकेका छन् । अबको निर्वाचनमा बालेनलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउनेगरी उनी पक्षबाट सहकार्यको प्रस्ताव भएको निकट स्रोतको भनाइ छ ।

रास्वपाका एक पदाधिकारीका अनुसार, विभिन्न दल र समूहसँग सहकार्यको प्रस्ताव भइरहेको छ । ‘विभिन्न दल र समूह गरेर १० वटासँग कुराकानी भइरहेको छ । त्यसमा हामी आक्रामक रुपमा नै जाने भन्ने कुरा भएको छ,’ ती पदाधिकारीले भने, ‘एक दुई दिनमै केही नयाँ आउँछ ।’

सभापति लामिछाने कारागारमा भएकाले यसअघि भएका केही तयारी पनि होल्ड गरिएको र उक्त विषयलाई मूर्त रुप दिनका लागि सभापतिले राजनीतिक भेटवार्ता बढाएको रास्वपा नेता बताउँछन् ।

५ वटाको वार्तापछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीबाट बाहिरिएका थिए । संवाद सकारात्मक रहेको खबरसँगै रवि बालेन एउटै गाडीमा बाहिरिएको दृश्यले नेपालको राजनीतिमा नयाँ तरङ उत्पन्न गराएको छ।

अझ एमाले अध्यक्ष केपी शर्मा ओली काग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न दोस्रो पटक उनकै निवासमा पुगेकै दिन रवि र बालेनबीच एकता र सहकार्यका लागि भएको वार्ता र सँगै बाहिरिएको दृश्यले भने वैकल्पिक शक्तिहरुको एकताका लागि अर्थपूर्ण सन्देश दिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top