९ भदौ, चितवन ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ । सोमबार जिल्ला अदालत, चितवनमा दुवै जनाको बयान लिइएको हो ।

यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । तर, लामिछाने र कँडेलको बयान नभएपछि तीनै जनालाई हिरासतमा राखिएको थियो ।
बिहान साढे १० बजे उनीहरुलाई अदालत उपस्थित गराइएको थियो ।  सोमबार  पौने १ बजे बयान सकिएको छ ।

बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको जनाइएकाो छ ।

वादी र प्रतिवादीको बहसपछि अदालतले तीनै जनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश जारी गर्नेछ । तर, बहस नसकिएको हकमा पुनः सबैलाई जिल्ला प्रहरी कार्यालय, चितवनकै हिरासतमा राखिनेछ भने मंगलबार बिहान पुनः उपस्थित गराइनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top