Nepal Times
Nepal Times
3
Shares

रवि लामिछाने र युवराज कँडेल विदेश जान अदालतको अनुमति नचाहिने

रवि लामिछाने र युवराज कँडेल विदेश जान अदालतको अनुमति नचाहिने

३० असोज, काठमाडौं ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोप लागेका सञ्चारकर्मी रवि लामिछानेले अब विदेश जान अदालतको अनुमति लिनु नपर्ने भएको छ । उक्त मुद्दामा उच्च अदालत पाटनको हेटौंडा इजलासले बिहीबार विदेश जान अदालतको अनुमति नचाहिने आदेश सुनाएको हो ।

यसअघि चितवन जिल्ला अदालतले अन्तिम फैसला नभएसम्म अदालतको अनुमतिविना विदेश जान रोक लगाएको थियो । त्यसविरुद्ध लामिछानेले उच्च अदालतको हेटौंडा इजलासमा पुनरावेदन गरेका थिए ।

अब लामिछाने अदालतको आदेश नलिए पनि विदेश भ्रमणमा जान सक्ने उनका कानुन व्यवसायी सुनील पोखरेलले जानकारी दिए । त्यस्तै सोही मुद्धामा मुछिएका युवराज कँडेलले पनि विदेश जान अदालतको अनुमती लिनु नपर्ने अदालतको आदेश छ । त्यसबाहेक उच्च अदालतले अन्य आदेश भने जिल्ला अदालतकै सदर गरेको छ ।

आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र अर्का आरोपी युवराज कँडेललाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.