×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

११ मंसिर २०८२

१० मंसिर, काठमाण्डौ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन रहेको छ । मंगलबारसम्म कूल ८० वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।  दल दर्ताको अवधि सकिनु एक दिनअघि हिजो एमालेले पनि दल दर्ता गराएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव प्रयोजनका लागि दर्ता हुने दलको संख्या कांग्रेस, एमालेसहित ८० वटा पुगेको छ । दर्ता भएका दलहरुले आउँदो फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिन पाउनेछन् ।

यसबीच दल दर्ताका लागि आज अन्तिम दिन भएकाले अधिकाँशको ध्यान रास्वपासहित केही चर्चित अनुहारहरुले गठन गरेका पार्टीहरु एक भएर चुनावमा जान्छन् वा कसरी अगाडि बढ्छन् भन्नेमा पनि केन्द्रित देखिन्छ ।

यसमा ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा खुलेको उज्यालो नेपाल पार्टीले के गर्ला भन्नेमा बढी चासो छ । उसो त यो दलले रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेताहरूलाई भित्र्याउने तयारी अघि बढाइसकेको छ ।

उज्यालो नेपाल पार्टी गठन हुँदा विगतमा नाउपामा आस्था राख्ने केही नेताहरु प्रवेश गरिसकेको उज्यालो नेपाल पार्टीका नेताहरूको दाबी छ । उज्यालो नेपालले नाउपासँग पार्टी एकता नगरी नेता कार्यकर्ता भित्र्याउने रणनीति बनाएको छ ।

नाउपाका प्रदेश र स्थानीय तहमा निर्वाचित नेताहरूसँग छलफल भइरहेको पनि नेताहरुले बताएका छन् । गत निर्वाचनमा नाउपाबाट कैलालीस्थित टीकापुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित रामलाल डगौरा थारुले उज्यालो नेपालसँग छलफल भएको जानकारी गराए ।

डगाौराको दाबी अनुुसार, केही दिनभित्रमा उज्यालो नेपालसँग मिल्नका लागि टुंगो लाग्नेछ । उज्यालो नेपालका नेताका अनुसार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई भने भित्र्याउने पक्षमा उक्त दल रहेको छैन ।

यस्तै दलित अभियन्ता खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालसंग पनि एकता गर्नेगरी छलफलमा चलिरहेको छ । यता सबैभन्दा बढी चासोका साथ हेरिएको र कयौं पटक छलफलसमेत भइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीसंगको एकताका लागि पनि आज अन्तिम कसरत भइरहेको छ ।

आज दल दर्ता गर्ने अन्तिम दिन भएकाले यी दुई नयाँ पार्टी एक ठाउँमा ल्याएर पुराना पार्टीलाई धक्का दिन अन्तिम कसरत भएको हो । यसका लागि रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनालले वार्ता गरिरहेका छन् ।

यस्तै, उज्यालोबाट प्रवक्ता सूर्य थापा, गणेश घिसिङ छलफलमा छन् । कुलमान घिसिङ आफैँले पनि संवाद गरिरहेका छन् । यता काठमाडौँ महानगरमा मेयर बालेन्द्र शाहको टिमसँग पनि छलफल भइरहेको नेताहरुले बताएका छन् ।

सम्भवतः सहमति जुटे आज यी सबै एक भएर जानेछन् । रास्वपासँग मिल्नको लागि कार्यकारी सभापतिको अडान राखेका घिसिङ लचक भएपछि मिल्ने सम्भावना बढेको हो । यता बालेन्द्र शाहको साथ घिसिङलाई रहेको उज्यालो नेपाल पार्टीका नेताहरू दाबी गर्छन् ।

सोही आधारमा उनेपाले घिसिङलाई भावी प्रधानमन्त्री घोषित गर्दै चुनावमा होमिने निर्णय गरिसकेको छ । उसले आक्रामक संगठन विस्तार थालिसकेको छ । सोमबार मात्र बागमती प्रदेश कमिटी बनाएको छ ।

उज्यालो पार्टीले बनाएको यो नै पहिलो प्रदेश संगठन हो, जहाँ कुलमान घिसिङको सबैभन्दा बढी प्रभाव रहेको मानिन्छ । तर, बालेन्द्रका मुख्य सहयोगी कुमार बेनसहित केहीले रास्वपा र घिसिङसँग प्रत्यक्ष भेटवार्ता गर्दै मिलेर जान दबाब बढाएका छन् ।

रास्वपाको कार्यकारी सभापति पाए मात्र सहकार्य गर्ने अडान लिएका घिसिङलाई मध्यमार्गी प्रस्ताव राखिएको छ । त्यो भनेको उनलाई चुनावपछिको संसदीय दलको नेता अर्थात प्रधानमन्त्रीको उमेद्वार बनाएर जानेमा छलफल चलिरहेको छ ।

अब घिसिङलाई भावी प्रधानमन्त्री बनाएर चुनावमा जान रास्वपा तयार भए पनि केही विषयमा समझदारी जुट्न बाँकी रहेको उज्यालोका एक नेताले बताएका छन् । उनका अनुसार चुनाव चिह्न घण्टी नै राख्ने कुरामा सहमति भएको छ ।

अब नामका विषयमा उज्यालो नेपाल कहीँ कतै जोड्न सके राम्रो भन्ने मात्र हो,’ ती नेताले भने, ‘कसकसलाई जिम्मेवारी दिने? उम्मेदवार कसरी बनाउने? यो मिलाउनुपर्छ। एकदुई जनालाई व्यवस्थापन गरेर भएन । प्याकेजमै सहमति गर्नुप¥यो।’

उनेपाका नेताहरूबीच आन्तरिक छलफल हुँदा मिल्ने सम्भावना अधिक रहेको ब्रिफिङ भएको छ । प्रवक्ता सूर्य थापाले पनि एउटै दल बनाएर जानको लागि छलफल भए पनि परिणाम आइनसकेको बताएका छन् ।

जसका लागि आज दिनभर प्रयास जारी रहने बताइएको छ । तर सोमबार बेलुकासम्म धेरै विषयमा समझदारी भए पनि मंगलबार त्यसले निरन्तरता नपाउँदा एउटै दल बनाएर दर्ता गर्ने सम्भावना कमजोर बनेको पनि केही नेताहरुले बताएका छन् ।

यता रास्वपाका सचिवालय सदस्य शिशिर खनालले एकता हुन नसके चुनावमा उज्यालो नेपाल पार्टीसँग सहकार्य हुने पनि बताएका छन् ।यसबीच सुमना श्रेष्ठ फेरि छलफलमा सक्रिय भएकी छन् ।

उनी सोमबार घिसिङ भेट्न उनको निवासमै पुगेकी थिइन् । उनीहरुबीच लामै छलफल भएको थियो । उज्यालोले विभिन्न दल र समूहसँग वार्ता गर्न डा तारा जोशीको नेतृत्वमा समिति बनाएको छ ।

त्यसबाहेक घिसिङ आफैँले रास्वपा, काठमाडौँका मेयर बालेन्द्र शाह लगायतसँग छलफल गरिरहेका छन् । सीके राउतको जनमत, नागरिक उन्मुक्ति पार्टी, हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग सहकार्यको लागि पनि छलफल भइरहेको छ ।

यसबीच आज रास्वपासंग सहमति जुटे कुराहरु नयाँ ढंगले अघि बढ्नेछ । नत्र उज्यालो नेपाल पार्टीले मंसिर १७ गते १२ बजे प्रज्ञा भवन कमलादीमा पार्टी घोषणा सभा आयोजना गरिएको छ ।

अनुपकुमार उपाध्यायको नेतृत्वमा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भई मान्यता प्राप्त गरिसकेको छ । उज्यालो नेपालमा हाल केन्द्रीय सदस्यको संख्या ५१ सदस्यीय छ । उज्यालो नेपालले मंसिर १७ गते घोषणा सभा गर्ने जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top