Nepal Times
Nepal Times
3
Shares

रहेनन् उस्ताद गुलाम मुस्तफा खान

रहेनन् उस्ताद गुलाम मुस्तफा खान

५ माघ, एजेन्सी ।
दिग्गज शास्त्रीय संगीत गुरु उस्ताद गुलाम मुस्तफा खानको ८९ वर्षको उमेरमा निधन भएको छ ।

उनको आइतबार दिउँसोको १२–४७ बजे निधनको भएको बुहारी नम्रता गुप्ताले पुष्टि गरेकी हुन् । शास्त्रीय संगीतकार खानलाई सन् २०१९ मा ब्रेन स्ट्रोक भएको थियो, त्यसबेलादेखि उनी चिकित्सकको रेखदेखमा थिए ।

उनका लागि मुम्बईको कार्टर रोडस्थित उनकै घरमा आईसीयूको व्यवस्था गरिएको थियो । ब्रेन स्ट्रोक भएदेखि नै उनको आधा शरीर पक्षाघात भएको थियो भने उनी बोल्न पनि नसक्ने भएका थिए ।

शास्त्रीय संगीतका गुरु उस्ताद गुलाम मुस्तफा खानलाई सन् १९९१ मा पद्मश्री (१९९१), पद्म भूषण (२००६) र २०१८ मा पद्म विभूषण अर्वाडबाट सम्मानित गरिएको थियो । साथै सन् २००३ मा उनलाई संगीत नाटक एकेडेमी पुरस्कारबाट पनि सम्मानित गरिएको थियो ।

भारतकी चर्चित र दिग्गज गायिका लता मंगेशकरले ट्‌विट गर्दै खानबाट केही समय आफूले पनि संगीत सिकेको जानकारी दिएकी छिन् । उनले श्रद्धाञ्जली अर्पण गर्दै लेख्छिन्, “महान् शास्त्रीय गायक उस्ताद गुलाम मुस्तफा खान साहब अब यो संसारमा हुनुहुन्न भन्ने दुखद खबर भर्खरै पाएँ ।

यो सुनेर मलाई असाध्यै दुःख लाग्यो । उनी गायक त राम्रो हुनुहुन्थ्यो नै व्यक्ति पनि निकै राम्रो हुनुहुन्थ्यो ।” साथै लताले दोस्रो ट्‌विटमा लेखिन्, “मेरी भान्जीले पनि खान साहबबाट संगीत सिकेकी थिइन ।

मैले पनि उनीसँग थोरै भए पनि संगीत सिकेको थिएँ । उनको निधनले संगीतको ठूलो हानि भएको छ । म उनीप्रति विनम्र श्रद्धाञ्जली अर्पण गर्दछु ।” यसका साथै दिग्गज सरोद उस्ताद अमजद अली खानले पनि समवेदना व्यक्त गरेका छन् ।(बीबीसी)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.