×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रहेनन् रतन टाटा, धर्मपुत्र थिए उनका पिता, कसरी बने टाटा ?

२४ आश्विन २०८१

२४ असोज , एजेन्सी ।
भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उद्योगपति टाटाको उपचारका क्रममा बुधबार राति मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन.चन्द्रशेखरनले टाटा समूहका तर्फबाट विज्ञप्ति जारी गर्दै रतन टाटाको मृत्यु भएको जानकारी गराएका हुन्।

उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री केन्द्रका मन्त्रीलगायत धेरै दिग्गजले दुःख व्यक्त गरेका छन्। २८ डिसेम्बर १९३७ मा जन्मिएका रतन टाटाले ९ अक्टोबर २०२४ मा अन्तिम सास फेरे। भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मान गरेको छ।

उनको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेखेकी छन्, रतन टाटाको निधनसँगै भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको छ।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन् ,श्री रतन टाटा जी एक दूरदर्शी व्यापारी नेता र एक असाधारण व्यक्ति थिए। उनले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएका थिए। यस्तै भारतीय काग्रेसका राहुल गान्धीले टाटाको निधनमा लेखेका छन्, रतन टाटा एक दृष्टि भएको व्यक्ति थिए।

उनले व्यापार र परोपकार दुवैमा स्थायी छाप छोडेका छन्। उनको परिवार र टाटा समुदायलाई मेरो समवेदना। टाटाको निधनमा झारखण्ड सरकारले एकदिने राजकीय शोक घोषणा गरेको छ। झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।

उनले टाटा समूहको झारखण्डसँग विशेष सम्बन्ध रहेको उल्लेख गरेका छन्। ‘टाटा समूहले जमशेदपुरमा आफ्नो पहिलो स्टिल प्लान्ट स्थापना गरेको थियो’, उनले लेखेका छन्, ‘जमशेदपुरका बासिन्दाहरू भन्छन्– रतन टाटा जहिले पनि यहाँ आउनुहुन्थ्यो, उहाँले मानिसहरूलाई धेरै बडो आत्मीयताका साथ भेट्नुहुन्थ्यो। यो सहरसँग उहाँको विशेष सम्बन्ध छ।’

रतन टाटा टाटा समूहका अध्यक्ष थिए, देशको सबैभन्दा ठूलो व्यापार घरानहरू मध्ये एक। उनले टाटा समूहको व्यवसायलाई लगभग सबै क्षेत्रहरूमा र ६ महादेशका १०० भन्दा बढी देशहरूमा विस्तार गरे। Tata Elxsi, Tata Group को एक हिस्सा हो, जसले अटोमोटिभ, मिडिया, सञ्चार र स्वास्थ्य सेवा लगायतका उद्योगहरूमा डिजाइन र प्रविधि सेवाहरू प्रदान गर्दछ।

उनी जीवनभर अविवाहित रहेका थिए । बलिउड अभिनेत्री सिमी ग्रेवालको कार्यक्रम रेन्डेजभसको दौरानमा एक अन्तर्वार्तामा रतन टाटाले आफ्नो जीवनको बारेमा खुलेर चर्चा गरेका थिए र आफू कहिल्यै सेटल नहुनुको कारण बताए।

उनले भनेका थिए– बिहे गर्ने बारे सोचेको थिइनँ भन्ने होइन । अरु मान्छेहरु जस्तै मलाई पनि बस्ने रहर थियो तर परिस्थितिले त्यो सम्भव भएन । उनी लस एन्जलसमा एक युवतीको प्रेममा थिए ।तर पारिवारिक अनुमति नभएपछि उनले ती युवतीसँग विवाह गर्न पाएका थिएनन् ।

त्यसपछि उनी जीवनभर अविवाहित रहे । रतन टाटाको बुबाको नाम नवल टाटा हो । तर नवल टाटा भन्दा पहिले उनका कुनै पनि पुस्ताको उपनाम टाटासँग अलिकति पनि सम्बन्ध थिएन। नत व्यापारी नै थिए । नवल टाटा १३ वर्षको हुँदा जब उनी अनाथालयमा पढ्दै थिए त्यसबेला नै उनको भाग्य चम्किएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

डिसेम्बर २८, १९३७ मा, रतन टाटा टाटा सन्स समूहको उड्डयन विभागका सचिव नवल टाटाको घरमा जन्मेका थिए। उनको जन्म भएको दुई वर्षपछि नै उनका पिता नवल टाटा टाटा मिल्सको संयुक्त प्रबन्ध निर्देशक बने। नवल टाटाको जन्मको समयमा, उनका बुबा होर्मुसजीले अहमदाबादको टाटा समूहको एडभान्स मिल्समा स्पिनिङ मास्टरको रूपमा काम गर्दथे

। तर ‘टाटा’ परिवारसँग उनको कुनै सम्बन्ध थिएन । उनको जीवनमा यू टर्न सन् १९१७ मा आयो । नवल टाटाको जन्म ३० अगस्ट १९०४ मा होर्मुसजीको परिवारमा भएको थियो । उनको परिवार मुम्बई (तत्कालीन बम्बई) मा बस्थे। जब नवल टाटा ४ वर्षका थिए उनका बुबा होर्मुसजीको सन् १९०८ मा मृत्यु भयो।

उनको निधनपछि परिवारमा अचानक आर्थिक संकट आयो । यसपछि नवल र उनकी आमा मुम्बईबाट गुजरातको नवसारी आए । त्यहाँ रोजगारीको बलियो स्रोत थिएन । उनकी आमाले कपडा सिलाईको आफ्नै सानो व्यवसाय सुरु गरिन् ।

यही कामबाट हुने आम्दानीमा मात्रै परिवार चल्न सक्थ्यो । नवलको उमेर बढ्दै जाँदा उनकी आमालाई उनको भविष्यको चिन्ता थियो। उनको परिवारलाई चिन्नेहरूले नवललाई शिक्षा र सहयोगको लागि जेएन पेटिट पारसी अनाथालयमा पठाए।

त्यहाँ उनको पढाइ सुरु भयो । उनले प्रारम्भिक अध्ययन यहीँबाट गरे । जब उहाँ १३ वर्षका थिए, सन् १९१७ मा सर रतन टाटा (प्रसिद्ध पारसी उद्योगपति र जनसेवक जमशेदजी नसरवानजी टाटाका छोरा)की पत्नी नवाजबाई जेएन पेटिट पारसी अनाथालय पुगिन् ।

त्यहाँ उनले नवललाई दखिन् । नवाजबाईले नवललाई असाध्यै मन पराइन र उनलाई आफ्नो छोराको रूपमा ग्रहण गरिन् । त्यसपछि ‘नवल’ टाटा परिवारमा सामेल भए र ‘नवल टाटा’ भए । उनी सानैदेखि पढाइमा दक्ष थिए ।

बम्बे विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेपछि उनी थप अध्ययनका लागि लन्डन गए। टाटा डटकमकका अनुसार, १९३० मा, जब नबल टाटा २६ वर्षका थिए उनी टाटा सन्स समूहमा सामेल भए र क्लर्क–सह–सहायक सचिवको काम पाए।

त्यसपछि उनको छिटै बढुवा भयो । उनी चाँडै टाटा सन्सको सहायक सचिव बने। पछि उनी कपडा इकाईमा कार्यकारी भए । त्यसपछि सन् १९३९ मा नबल टाटाले टाटा मिलको संयुक्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाए ।

२ वर्षपछि सन् १९४१ मा उनलाई टाटा सन्सको निर्देशक बनाइयो। नवल टाटालाई सन् १९६१ मा टाटा इलेक्ट्रिक कम्पनीको अध्यक्ष बनाइएको थियो र त्यसको एक वर्षपछि नै टाटा सन्सको मुख्य समूहको उपाध्यक्ष बनाइएको थियो।

सन् १९६५ मा नवल टाटा सर रतन टाटा ट्रस्टको अध्यक्ष बने र आफ्नो अन्तिम दिनसम्म यस ट्रस्टसँग आवद्ध रहे र समाज सेवाको काम गरे । आफ्नो विगतको स्मरण गर्दै नवल टाटाले भनेका थिए, ‘म भगवानप्रति आभारी छु कि उहाँले मलाई गरिबीको पीडा अनुभव गर्ने अवसर दिनुभयो ।

यसले मेरो जीवनको पछिल्ला वर्षहरूमा अरू सबै भन्दा बढी मेरो चरित्रलाई आकार दियो। नवल टाटाले दुई विवाह गरेका थिए । पहिलो पत्नी सन्नी कमिसरियाट र दोस्रो सिमोन डुनोयर थिइन्। सुनी कमिसरियाटबाट उनका दुई सन्तान थिए, रतन टाटा र जिमी टाटा ।

नवल टाटाले सन् १९४० मा सुनी कमिसरियाटसँग सम्बन्धविच्छेद गरेका थिए । सन् १९५५ मा नवल टाटाले स्वीस व्यवसायी सिमोनसँग विवाह गरे । जसबाट निओल टाटाको जन्म भएको थियो।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top