Nepal Times
Nepal Times
3
Shares

राउण्ड टेबलको ‘न्यु इयर ब्यास २०२०’ भव्यरुपमा सम्पन्न

राउण्ड टेबलको ‘न्यु इयर ब्यास २०२०’ भव्यरुपमा सम्पन्न

२२ पुस, बिराटनगर ।
विराटनगरमा नेपाल राउण्ड टेबलको ‘ सेन्चुरी न्यु इयर ब्यास २०२०’ भव्य रुपमा समापन भएको छ । बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा बिराटनगरको होटेल नमस्कारमा पुष १९ गते शनिबार बिभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती सहित भव्य कार्यक्रम भएको हो ।

न्यु इयर ब्यासमा चर्चित भारतीय कमेडियन राजु श्रीवास्तव , राजु निगमले उपस्थित दर्शकलाई पेट मिचीमिची हँसाएका थिए भने जादुगर कारण चौहान , ट्वीन्स कलाकार चिङ्की मिङ्की,कलाकार श्रेया जैन लगायतले आफ्नो प्रस्तुतीमार्फत मनोरन्जन दिलाएका थिए ।

कार्यक्रममा उद्योग राज्यमन्त्री मोति दुगड,बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा सेन्चुरी मसला ,सहप्रायोजकमा महिन्द्रा र अग्नि ग्रुप रहेको थियो । त्यस्तै आर्टिस्ट प्रायोजकमा शिवम् सिमेन्ट, आरती स्टील्स, नोकिया स्मार्टफोन, मेरो सुरक्षा, जल रहेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.