×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राजपाका सांसदले बजेटको विरोधमा संसदमै गरे मौनधारण

२ असार २०७७

२ असार, काठमाडौं ।
राष्ट्रिय जनता पार्टीका राष्ट्रिय सभा सदस्य मिर्गेन्द्रकुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोध स्वरुप दश सेकेन्ड मौनधारण गरेका हुन् ।

उनले सत्तापक्षका सांसदहरुले नै क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा सांसदहरुलाई वर्गीकरण गरिएको बताएको र प्रतिपक्षका सांसदहरु वर्गीकरणमा पनि पर्न नसकेको भन्दै पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतिकात्मक विरोध स्वरुपमा दश सेकेन्ड मौन धारण गरेका हुन् । उनले भने ‘नेपाल सरकार अर्थात सम्पूर्ण नेपालीको सरकार ।

सत्तापक्षको मात्रै होइन हामी प्रतिपक्षको पनि सरकार । तर वर्तमान सरकरको चरित्र आचरण र व्यवहार त्यो अनुरुपको देखिएन । त्यतिकै मात्रै होइन सम्पूर्ण सत्तापक्षको पनि सरकार भन्न पनि नमिल्ने किनकी हिजो मात्रै सत्तापक्षका सांसदहरुबाट मनको व्यथा पोखियो ।

सत्तापक्षका सांसदहरुलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ यानिकि फस्ट क्लास, सेकेन्ड क्लास, थर्ड क्लास र फोर्थक्लास श्रेणिमा वर्गिकरण गरिएको थाहा पाइयो । हामी प्रतिपक्षलाई त श्रेणि विहिन वर्गमा नै राखिएको होला ।

त्यसैले सत्तापक्षका ‘ग’ र ‘घ’ श्रेणिमा परेका सांसदहरुको व्यथाप्रति सहानुभुति राख्दै यो सरकारबाट प्रस्तुत पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतिकात्मक विरोधस्वरुप दश सेकेन्ड मौनधारण गर्दै म यो विनियोजन विधेयकको छलफलमा भाग लिन्न ।’

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top