Nepal Times
Nepal Times
3
Shares

राजपा-समाजवादीको संविधान संशोधन विधेयक दर्ता

राजपा-समाजवादीको संविधान संशोधन विधेयक दर्ता

१९ जेठ, काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गरेका छन् । सोमबार पार्टीका नेताहरुले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता गराएका हुन् ।

संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल कणर् र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ रहेको संघीय संसद विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । यो विधेयक गैरसरकारी विधेयकको रूपमा दर्ता भएको हो । संविधान संशोधन विधेयक दर्ता गर्नका लागि राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादव लगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका थिए ।

यसअघि शुक्रबार राजपाले एकल रूपमा संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन खोजेको थियो । उक्त विधेयक संसद सचिवालयले अध्ययन गर्ने भनेपछि राजपाले फिर्ता लिएर समाजवादीसँग मिलेर नयाँ विधेयक लिएको हो ।

विधेयक दर्ता गरेपछि नेता कणर्ले सत्तारुढ दलले आफूहरुको विधेयकमा समर्थन नगरे आफूहरु पनि सरकारले ल्याएको विधेयकमा समर्थन नगर्ने बताए । ‘सरकारले पनि अर्को विधेयक दर्ता गरेको छ, सरकारले मान्दैन भने हामीले के गर्ने हो त्यो गर्छौं’ नेता कणर्ले भने ‘हाम्रो मानेन भने उनीहरुको मान्न बाध्य हुन्नौं ।’ नेता कणर्ले आफूहरुको विधेयकलाई नेपाली कांग्रेसले पनि समर्थन गर्नुपर्ने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.