Nepal Times
Nepal Times
3
Shares

राजेश हमालले चलचित्र प्राविधिकहरुलाई ५ लाख सहयोग गर्ने

राजेश हमालले चलचित्र प्राविधिकहरुलाई ५ लाख सहयोग गर्ने

८ भदौ, काठमाडौँ ।
महानायक राजेश हमालले कोरोना महामारीका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरूलाई सहयोग गर्ने भएका छन् । काम गुमाएका र दैनिक गुजारा चलाउन कठिन भएका सय जना प्राविधिकहरूलाई हमालले सहयोग गर्ने भएका हुन् ।

आधिकारिक रूपमा घोषणा नगरिए पनि सय प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारका दरले कुल ५ लाख सहयोग गर्ने स्रोतले जनाएको छ । सहयोग रकम क–कसलाई कसरी प्रदान गर्ने भन्ने बारे प्राविधिक सङ्घका प्रतिनिधिसँग छलफल भइसकेको जनाईएको छ ।

पहिलो चरणमा यो सहयोग गरेपछि अर्को चरणमा छलफल गर्न सकिने बताएको छ । स्रोतका अनुसार चलचित्र प्राविधिक सङ्घका तर्फबाट भने हमाललाई सहयोग रकम बढाउन आग्रह गरिएको जनाईएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.