Nepal Times
Nepal Times
3
Shares

राज्यमन्त्रीका आर्थिक सल्लाहकारद्वारा बन्धक बनाएर किशोरीमाथि बलात्कार

१४ फागुन, काठमाडौं । १७ वर्षीया किशोरीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक सल्लाहकार अमृतकुमार घलेले बन्धक बनाएर बलात्कार गरेको खुलेको छ ।

किशोरीलाई आफ्नो कोठामा चार दिन बन्धक बनाएर बलात्कार गरेको भन्ने सूचना पाएपछि गत फागुन १ गते घलेलाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुलीकी ती किशोरी काठमाडौंमा आफ्नी दिदीसँग बस्थिन् ।

कक्षा १२ मा अध्ययनरत किशोरी आफ्नो घर सिन्धुली गएकी थिइन् । तर घरबाट फर्कनेबेला बनेपाबाट किशोरीलाई अमेरिका लगिदिन्छु भन्दै त्यहाँबाट अमृतले आफ्नो मोटरसाईकलमा काठमाडौं ल्याए । पछि उनले टोखास्थित आफ्नो फ्ल्याटमा बन्धक बनाई बलात्कार गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

किशोरीले आफ्नो परिवारलाई गोप्य रुपमा बन्धक बनाएर बलात्कार भएको जानकारी गराएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले खोज–तलास गरी ती किशोरीको उद्धार गर्दै ५२ वर्षीय सल्लाकार घलेलाई पक्राउ गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.