Nepal Times
Nepal Times
3
Shares

‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक,अंकितसँग रोमान्टिक साम्राज्ञी (भिडियो)

‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक,अंकितसँग रोमान्टिक साम्राज्ञी (भिडियो)

२३ साउन, काठमाडौँ ।
भेट्रान निर्देशक अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच ‘मेरो माया के हो ?’ सार्वजनिक गरिएको हो ।

गीतमा फिल्मका प्रमुख अभिनेता अंकित शर्मा र अभिनेत्री साम्राज्ञी आरएल शाह फिचर्ड छन् । गीतले दुईको प्रेम भाव बोल्छ । बसन्त श्रेष्ठ गीतको भिडियोका कोरियोग्राफर हुन् ।

निशान भट्टराई र अस्मिता अधिकारीको संयुक्त गायन रहेको गीतमा कल्याण सिंहको संगीत छ । गीतको शब्द रवि मल्लले सिर्जेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको गीतको अडियो औसत छ ।

यस वर्षको दशैंमा प्रदर्शन हुने फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ ।

निर्देशक शर्माले फिल्मलाई उत्कृष्ट बनाउन आफूले कुनै प्रयास बाँकी नराखेको बताए । यो फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेका अंकित उनकै छोरा हुन् । अंकितले फिल्ममा आफूले पाएको भूमिकालाई न्याय गर्ने प्रयत्न गरेको बताए । अभिनेत्री साम्राज्ञीले फिल्ममा फरक भूमिका निभाउन पाएकोमा खुसी व्यक्त गरिन् ।

फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि. मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृति फिल्मकी सहायक निर्देशक हुन् । मित्र देव गुरुङको काँधमा सम्पादनको जिम्मेवारी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.