Nepal Times
Nepal Times
3
Shares

रातो मछिन्द्रनाथलाई इतिहासमै पहिलो पटक भोटो नदेखाई बुंगमती लगियो

रातो मछिन्द्रनाथलाई इतिहासमै पहिलो पटक भोटो नदेखाई बुंगमती लगियो

२९ भदौ, काठमाडौँ ।
वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई इतिहासमै पहिलो पटक भोटो नदेखाई बुंगमती लगिएको छ । आज विहान साइतमा पुजा गरेर २ बजे पुल्चोकको सोह्रखुट्टे पाटीबाट रातो मछिन्द्रनाथलाई रथबाट ओरालेर खटमा राखेर बुंगमती लगिएको हो ।

गत बैशाखमै बुंगमती लग्नुपर्ने भएपनि कोरोना महामारीका कारण अन्यौल बनेको थियो । कारोनाकै कारण यो वर्ष भोटो पनि देखाइएन । विगतमा भोटो नदेखाएर मछिन्द्रनाथलाई बुंगमती लगिएको इतिहास नभएको जानकारहरु बताउँछन् ।

कोरोना भाइरसले यस पटकको मछिन्द्रनाथको रथजात्रा प्रभावित बन्यो । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउन र त्यसपछिको निषेधाज्ञाका कारण जात्रा हुने नहुने अन्यौल थियो । अन्यौलकै बीच केही दिनअघि स्थानीय युवाहरुले जवरजस्ती पुल्चोकबाट रथ तान्न खोज्दा झडप समेत भएको थियो । जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका बेला युवाहरुले जवरजस्ती रथ तान्न खोजेपछि झडप भएको थियो । प्रशासनले त्यस क्षेत्रमा एक दिन कफ्र्यु आदेश समेत जारी गरेको थियो । अवस्था असहज बन्ने देखिएपछि सरोकारवालाहरुले रथयात्रा एक दिनमा सीमित गर्दै जात्रा टुंग्याउने निर्णय गरेका थिए । सोही अनुसार आज बुंगमती लगिएको हो ।

विगत वर्षहरुमा लगनखेलको इटीटोलबाट तानेको चोथो दिनमा भोटो देखाएर मात्रै बंगमती लग्ने प्रचलन भएपनि यो पटक भने सम्भव भएन । उपत्यकामा दिनदिनै बढीरहेको कोरोना संक्रमणको जोखिमका कारण यसपटक भोटोजात्रा नै नगरी रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो ।

मछिन्द्रनाथलाई बुंगमती फिर्ता लग्ने दिन राष्ट्रपति लगायतका विशिष्ट अधिकारीहरु जात्रा अवलोकनका लागि गरेको भएपनि यो वर्ष सम्भव भएन । बुंगमतीबासीहरु रातो मछिन्द्रनाथलाई स्वागत गर्न ठूलो संख्यामा भेला भएका थिए । यसअघि साउन १० गते मछिन्द्रनाथलाई तबहालबाट पुल्चोक पु¥याएर त्यहँ रथारोहण गरिएको थियो । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलन रहँदा यस वर्ष लगभग नौ महिना मच्छिन्द्रनाथ पाटनमै रहे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.