×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रातो मत्स्येन्द्रनाथको रथ आज जाउलाखेल लगिँदै

२७ बैशाख २०७५

ललितपुर, २७ वैशाख ः लगनखेलको थटिटोलमा रहेको रातो मत्स्येन्द्रनाथको रथलाई आज जाउलाखेल लगिँदैछ ।

रथलाई आजै जाउलाखेल पु¥याएपछि चौथो दिन (आइतबार) भोटो जात्रा हुने ज्योतिषहरूको भनाइ छ ।

मत्स्येन्द्रनाथ जाउलाखेल पुगेपछि मात्रै भोटो जात्रा हुने दिनको टुङ्गो लाग्ने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउँछन् । उनी भन्छन्, “केही समस्या आइपरेन र रथ आजै पु¥याउन सकियो भने भोटो जात्रा आइतबार हुनेछ ।” रथ पुगेको दिनका हिसाबले चौथो दिनमा भोटो देखाइने परम्परा छ ।

यस वर्ष अघिल्ला वर्षहरुभन्दा पहिले नै रथलाई जाउलाखेल लग्न लागिएको, सबै कुरा राम्रो भएको र साइत चाँडो निस्केकाले वैशाख महिनामा नै भोटो जात्रा हुन लागेको हो । उनी भन्छन्, “कुनै–कुनै वर्षमा लामो समयसम्म साइत आउँदैनथ्यो यो वर्ष चाँडो निस्कियो ।

कारणबस रथ आज साँझ पुगेन भने जुन दिन पुग्छ त्यसको चौथो दिन भोटो जात्रा हुनेछ । विगतका कतिपय वर्षमा रथ ढल्कँदा जाउलाखेल नपुगी बीचमा रोकिएको थियो । उनी भन्छन्, “हुन त नगरको भित्री भागमा भन्दा बाटो ठूलो छ तैपनि जाउलाखेल नपुगी भन्न सकिँदैन ।”

आगामी जेठ २ गतेबाट महिनाभर मलमास छ । मलमास अवधिभर रथ तान्नु शुभ मानिँदैन ।

मत्स्येन्द्रनाथको पुल्चोकबाट गाबहाल–मंगलबजार हुँदै लगनखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भनिन्छ । त्यस्तै, थटिटोलबाट जाउलाखेलसम्मको यात्रालाई सप्तग्राम जात्रा पनि भनिन्छ । यसलाई सात गाउँको जात्रासमेत भनिन्छ । उनी भन्छन्, “यसलाई नगरभन्दा बाहिरी भेगका बासिन्दाको जात्रा पनि मानिन्छ ।” पहिले थानकोट, कीर्तिपुरलगायतका स्थानका बासिन्दा रथ तान्न आउने गर्थे ।

मत्स्येन्द्रनाथको जात्राका बेला भोटो प्रदर्शन गरिने परम्परा छ । सरकारले भोटो जात्राका दिनमा सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

कथन अनुसार किसान र भूतबीच भोटोको स्वामित्वबारे भएको विवादले झगडाको रुप लियो । केही गरी पनि झगडा साम्य नभएपछि निर्णयका लागि उनीहरु मत्स्येन्द्रनाथकहाँ पुगे । मत्स्येन्द्रनाथले जसले प्रमाण ल्याउनसक्छ उसैलाई दिने भत्रे निर्णय गरे । तर दुवैले प्रमाण जुटाउन नसकेपछि भोटो मत्स्येन्द्रनाथले नै राखे । उनी भन्छन्, “त्यसैबेला देखि प्रत्येक वर्ष यो कसको भोटो हो रु प्रमाण सहित उपस्थित होउन भन्ने उद्देश्यले चारैतर्फ भोटो देखाउने चलन चल्दै आएको हो ।”

मत्स्येन्द्रनाथको महास्नानबाट शुरु हुने जात्रा भोटो देखाएसँगै टुङ्गिन्छ । मत्स्येन्द्रनाथलाई महिला र पुरुष दुवै रुपमा मानिने भएकाले हिन्दू धार्मिक परम्पराअनुसार ब्राह्मणबाट महिला र पुरुषलाई गरिने दशकर्म गरिन्छ । बौद्ध धर्मअनुसारका सबै कर्म बज्राचार्यले गर्छन् । विधिवत् रुपमा दश कर्म सकिएपछि मात्रै रथारोहण गराई रथयात्रा शुरु हुन्छ ।

पुल्चोकबाट गाबहाल, गाबहालबाट मंगलबजार, मंगलबजारबाट लगनखेलसम्म त्रिलोक भ्रमण सकिएपछि रातो मत्स्येन्द्रनाथको जाउलाखेल भ्रमण हुने गरेको छ । यसलाई दक्षिणागमनसमेत भनिन्छ । जोशी भन्छन्, “मत्स्येन्द्रनाथ दक्षिणायन हुँदा बुंगमती र उत्तराणायन हुँदा पाटन बस्नुहुन्छ ।”

जाउलाखेल पुगेको चौथो दिन पनि भोटो जात्रा देखाइन्छ । त्यही साँझमा खटमा राखेर मत्स्येन्द्रनाथलाई बुङ्मती नै फर्काइन्छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top