Nepal Times
Nepal Times
3
Shares

राप्ती नदीको पुल उद्घाटनका लागि प्रधानमन्त्री आज दाङ जाँदै

राप्ती नदीको पुल उद्घाटनका लागि प्रधानमन्त्री आज दाङ जाँदै

१२ माघ, काठमाडौं । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुलको आज उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली आज उक्त पुलको उद्घाटन गर्न लागेका हुन् ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलन्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए ।

करिब एक अर्ब लागतमा चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारीत समय अगावै पुल निर्माण सम्पन्न भएको थियो ।

८६० मिटर लम्बाई र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।

प्रधानमन्त्री ओलीले राप्ती पुलको उद्घाटन गरेपछि राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रधानमन्त्री ओली विहान ११ बजे देउखुरी पुग्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि केही ढिला हुन सक्ने स्रोतले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.