×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रामचन्द्रको बाटो गोविन्दराजले छेक्ने

२३ आश्विन २०७९

२३ असोज, काठमाण्डौ ।

एक पटक राष्ट्रपति वा प्रधानमन्त्री बन्ने चाहानासहित चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुरानै कट्टर प्रतिद्वन्दीले बाटो छेक्ने भएका छन् । कांग्रेसका पूर्व–सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार जोशीले उम्मेदवारी दर्ता गरेका हुन् । जोशीका प्रस्तावक रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन् । सोही क्षेत्रबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चुनाव लड्दैछन् । २०७४ को निर्वाचनमा पनि जोशीले उक्त क्षेत्रबाट उम्मेदवारी दिएका थिए ।

उनका उम्मेदवारीविरूद्ध पौडेलले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो । भ्रष्टाचार मुद्दा अख्तियारमा विचाराधीन रहेको भन्दै त्यतिबेला निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो । अदालतबाट फैसला नभएकाले उम्मेदवारी दिन पाउने जोशी पक्षको जिकिर छ । कांग्रेसभित्र जोशी र पौडेलबीच द्वन्द्व छ ।

पौडेललाई निर्वाचनमा सहयोग नगरेको र बागी उम्मेदवारी दिएको भन्दै कांग्रेसले जोशीलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो । पार्टीबाट निष्कासनमा परे पनि जोशी भने स्वतन्त्र रूपमा पौडेलविरूद्ध गतिविधि गर्दै आएका छन् ।

जोशीकै समर्थनमा गत निर्वाचनमा तत्कालीन एमाले नेता कृष्णकुमार श्रेष्ठले उक्त क्षेत्रबाट चुनाव जितेका थिए भने पौडेल पराजित भएका थिए । यसपटकको निर्वाचनमा जोशीलाई एमालेले सघाउने तयारी गरेको छ । यसअघि गएको स्थानीय तहको निर्वाचनमा पनि गोविन्द राज जोशीका छोरा दीपकराज जोशीले व्यास नगरपालिकामा मेयरका लागि काग्रेसका उम्मेदवारविरुद्ध मेयरमा उम्मेदवारी दिएका थिए ।

निर्वाचनकै क्रममा उनीमाथि रिस्ती मतदान केन्द्रमा पुगेको बेला कांग्रेस कार्यकर्ताले नै उनीमाथि आक्रमण गरेका थिए । तनहुँमा कांग्रेसका वरिष्ठ नेता पौडेल र पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता गोविन्द राज जोशीबीच लामो समयदेखि राजनीतिक टकराब जारी छ। जोविन्दराजले आफू प्रति भ्रष्टाचारको मुद्दा र पार्टीको कारबाही प्रक्रियामा समेत नेता पौडेलको हात रहेको आरोप लगाउँदै आएका छन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top