×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रामचन्द्रको राष्ट्रपति बन्ने रहर अझै मरेन !

१९ पुष २०७९

१९ पौष, काठमाण्डौ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली काग्रेसबाट संसदमा १७ पटक सम्म प्रधानमन्त्रीका लागि उम्मेदवार बनेका बरिष्ठ नेता हुन् । पटक पटक मन्त्री र सभामुख समेत भइसकेका पौडेलको पछिल्लो निर्वाचन पछि प्रधानमन्त्री बन्ने नभए राष्ट्रपति बन्ने घिड्घिडो पनि तत्कालललाई टरेर गएको छ ।

निर्वाचनपछि २ दिन तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र एकै गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्षलाई भेटेर प्रधानमन्त्रीका लागि पहल गरेका पौडेलले दुवै तर्फबाट हरियो झण्डा नदेखेपछि राष्ट्रपति बन्ने अभिलासामा काग्रेसको दलको नेतामा देउवालाई नै सहयोग गर्ने निष्कर्षमा पुगे ।

तर देउवा दलको नेता निर्वाचन भएको एक दिन नवित्दै पाँच दलीय गठबन्धन भत्किएर केही घण्टाको अन्तरालमा एमाले नेतृत्वको नयाँ गठबन्धन बनेपछि पौडेलको राष्ट्रपति बन्ने योजनामा पानी फेरिएको थियो ।अहिले आएर कांग्रेसबाहेकको ७ दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिने तयारी गरिरहेका बेला पौडेलले राष्ट्रिय सहमतिको सरकारको वकालत गरेका छन् ।

पौडेलको यो अभिब्यक्तिलाई राजनीतिक विश्लेषकहरुले अझै राष्ट्रपति बन्न सकिन्छ कि भन्ने प्रयासका रुपमा विश्लेषण गरेका छन् । पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन्। आज आयोजित प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व र अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्राप्त उपलब्धी संस्थागत गर्न तथा संविधान जोगाउनका लागि एकसाथ जानुको विकल्प नभएको उनले बताएका हुन् ।

संविधान निर्माणपछि केही समूहहरु अस्थिरताका लागि काम गर्दै आएको भन्दै उनले सत्ताभन्दा पहिले व्यवस्थाका लागि लड्नुपर्ने बताए। संविधान जारी भएपछिको पहिलो निर्वाचनदेखि नै आफूले राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तिमा जानुपर्ने भन्दै आएको उनको भनाइ छ ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतका दलहरुबीचको गठबन्धन भत्किँदा नेपाली कांग्रेसले सत्ता गुमाएको तर त्यसोभन्दा ठूलो अस्थिरता निम्तने खतरा बढ्छ कि भन्ने चिन्ता आफूलाई लागेको उनको भनाइ छ ।उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिएका छन् ।

नेता पौडेलले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गरेका छन् । उनले आफूहरुले गरेको हिसावकितावले काम नगरेको बताए । विगतमा आफूहरुका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताउदै पौडेलले देशमा अस्थिरताको श्रृङ्खला अगाडी बढेको बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top