Nepal Times
Nepal Times
3
Shares

राष्ट्रपतिबाट रानीपोखरीको उद्घाटन (फाेटाे फिचर)

राष्ट्रपतिबाट रानीपोखरीको उद्घाटन (फाेटाे फिचर)

५ कात्तिक, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुननिर्माण छिट्टै सम्पन्न हुने विश्वास समेत व्यक्त गरिन् । यस्तै राष्ट्रपति भण्डारीले सबै सांस्कृतिक सम्पदालाई मौलिक स्वरुपमा निर्माण गर्न सक्षम हुने आशा समेत व्यक्त गरिन् ।

करिब ३ सय वर्ष अघि कान्तिपुरका तत्कालिन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको छुट्टै सांस्कृतिक महत्व भएको पनि उनले बताइन् । रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुरानै शैलीमा निर्माण हुनुले प्राकृतिक सम्पदाको संरक्षण भएको पुष्टि हुनेपनि उनले बताइन् । यसबाट काठमाडौं उपत्यकाको विकास मात्रै नभई पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

रानीपोखरीको पुननिर्माणका लागि २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी थिइन् । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ ।

रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ । रानीपोखरीसँगै ऐतिहासिक दरबाहर हाइस्कुलको समेत उदघाटन भएको छ । राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भवनलाई पुरानै शैलीमा निर्माण गर्न सहयोग पु¥याउने चीन सरकारप्रति धन्यवाद व्यक्त गरिन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.