×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

राष्ट्रपतिले हार अस्वीकार गर्दा ब्राजिलमा उत्पात्

१५ कार्तिक २०७९

१५ कात्तिक, एजेन्सी ।

ब्राजिलमा भर्खरै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा बहालवाला राष्ट्रपति जायर बोल्सोनारोले हारे ब्योहर्न पुगेका छन् । उनका प्रतिस्पर्धी लुला दा सिल्भाले ५०.९ प्रतिशत मत पाउँदा बोल्सोनारोले ४९.१ प्रतिशत मत मात्रै प्राप्त गरेपछि उनले हार ब्योहोरेका हुन् । तर बोल्सोनारोले यो हारलाई अस्वीकार गरेका छन् ।

सिल्भालाई राष्ट्रपतीय निर्वाचनको विजेता घोषणा गरेको २४ घण्टाभन्दा बढी समय भइसक्दा पनि पराजित बहालवाला राष्ट्रपति जयर बोल्सोनारुले अझै हार स्विकारेका छैनन् । यसकारण ब्राजिलले नयाँ दिग्गज बामपन्थी नेतालाई राष्ट्रपतिका रुपमा पाएपनि ब्राजिलको अवस्था बिग्रँदै गएको देखिन्छ ।

उग्र दक्षिणपन्थी राष्ट्रपति बोेल्सोनारोले चुनावी नतिजालाई स्वीकार नगर्ने र चुनौती दिन सक्ने आशंका गरिएको छ । उनको सरकारका एक क्याबिनेट मन्त्रीले बोल्सोनारोले मंगलबार चुनावी नतिजाहरूमा टिप्पणी गर्न सक्ने सम्भावना व्यक्त गरे । यसैबीच, बोल्सोनारोलाई समर्थन गर्ने ट्रक चालकहरूले ब्राजिलका धेरै ठाउँहरूमा महत्त्वपूर्ण सडकहरू अवरुद्ध गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यी विरोध प्रदर्शनको भिडियो फुटेजमा केही ट्रक चालकहरूले लुलालाई राष्ट्रपति बन्नबाट रोक्न सैन्य विद्रोहको आह्वान गरेको देखाइएको छ । ब्राजिलको संघीय हाइवे प्रहरीले प्रदर्शनकारीले ३२१ स्थानमा विरोध प्रदर्शन गरेर २६ राज्यमा पूर्ण वा आंशिक रुपमा सडक मार्ग बन्द गरेको जानकारी दिएको छ ।

ट्रक चालकहरूले सर्वोच्च अदालतको अगाडि चौबाटो घेराबन्दी गरेको खबर आएपछि प्रहरीले ब्राजिलियामा केन्द्रीय सरकारी कार्यालयहरू जाने बाटोहरू बन्द गरेको छ । डिजेलको मूल्य कम राख्ने जस्ता नीतिहरूका कारण ट्रक चालकहरू बोल्सोनारोका सबैभन्दा महत्त्वपूर्ण समर्थकहरू हुन् ।

यता लुलालाई ब्रिटेन, चीन, फ्रान्स, भारत र रुससहित संसारभरबाट बधाई आउने क्रम सुरु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उनको जित “स्वतन्त्र, निष्पक्ष र भरपर्दो चुनावपछि“ आएको प्रतिक्रिया दिएका छन् । लुलाले १ जनवरी २०२३ मा शपथ लिनेछन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top