Nepal Times
Nepal Times
3
Shares

राष्ट्रपति र प्रधानमन्त्री संविधानको मर्म अनुरुप चलेनन्ः प्रकाशमान सिंह

राष्ट्रपति र प्रधानमन्त्री संविधानको मर्म अनुरुप चलेनन्ः प्रकाशमान सिंह

३ माघ, काठमाडाैँ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति र प्रधानमन्त्री संविधानको मर्म र भावना अनुरुप नचलेको बताएका छन् । सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध काठमाडौँमा आयोजित एक विरोध सभामा सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारी संविधानको मर्म र भावना अनुरुप नचलेको बताए ।

नेपालको परिवेश अनुकुल स्थिरता र स्थायित्व दिनको निम्ति बुहमत प्राप्त सरकारले प्रतिनिधि सभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको भएपनि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानको मर्म अनुरुप नचलेको बताए । संविधानको रक्षक तथा पालना गर्ने संस्थाको रुपमा राष्ट्रपति रहेपनि संविधानको बर्खिलाप आएको प्रतिनिधि सभा विघटनको प्रस्ताव हेर्दै नहेरी अनुमोदन गरेकाले राष्ट्रपति पनि संविधान अनुरुप नचलेको उनको भनाई छ ।

संघीयता, लोकतन्त्र तथा गणतन्त्रलाई संस्थागत गर्नको निम्ति प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई जनताले दुई तिहाईको हाराहारीमा मत दिएको भएपनि ओलीले अराजनीतिक चरित्र देखाई जनमतको अपमान गरेको नेता सिंहले बताए ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्द देशको ७ सय ५३ वटै पालिकाहरुमा शनिबार विरोध ¥याली तथा सभाको आयोजना गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.