Nepal Times
Nepal Times
3
Shares

राष्ट्रियसभाका विषयगत समिति सभापतिहरुले लिए सपथ ग्रहण

राष्ट्रियसभाका विषयगत समिति सभापतिहरुले लिए सपथ ग्रहण

२५ साउन, काठमाडौं ।
राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिहरुका नवनिर्वाचित सभापतिहरुले आइतबार सपथ ग्रहण गरेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सभापतिहरुलाई आइतबार सपथ ग्रहण गराएका हुन । चारवटै विषयगत समितिहरुमा गत शुक्रबार निर्विरोध निर्वाचित भएका सभापतिहरुलाई आइतबार राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले सपथ गराएका हुन ।

सपथ ग्रहणपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले कोरोना संकट रहेकै बेला संसद पनि बन्द रहेको अवस्थामा समितिको काम कारवाही प्रभावकारी बनाउनु चुनौती रहेको बताए ।

सरकार संसदप्रति उत्तरदायी, जवाफदेही बनाउन सक्रियता पूर्वक काम गर्ने समयमा महामारीले केही असर गरेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम गर्नुपर्ने चुनौती रहेको उनले बताए ।

राष्ट्रिय सरोकार समन्वय समिति सभापति दिलकुमारी थापा रावलले विगत २ वर्षको अनुभवका आधारमा सरकारलाई जवाफदेही बनाउने हिसाबले प्रभावकारी रुपमा अगाडी बढ्ने बताइन ।

गत विहिबार भएको मनोनयनमा दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी थापा रावल (पार्वती) को मनोनयन परेको थियो ।

सबै समितिहरुमा एक एक जनाको मात्रै मनोनयन परेकाले निर्विरोध निर्वाचित भएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.