Nepal Times
Nepal Times
3
Shares

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित

९ माघ, विराटनगर ।
राष्ट्रियसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनमा प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अच्छामी दलिततर्फबाट, गौतम महिला र दाहाल अन्यतर्फबाट सदस्यमको उम्मेद्धार भएका थिए ।

अच्छामीले ६ हजार ३ सय ३० मतभार पाए । उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाए ।

त्यस्तै महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् । अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.