×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षकमा ७७ जनाको आवेदन

१६ कार्तिक २०७७

१६ कात्तिक, काठमाडौं।

राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षक पदका लागि ७७ जनाले आवेदन दिएका छन् । नेपाल क्रिकेट संघका महासचिब अशोकनाथ प्याकुरेलले प्रमुख प्रशिक्षकका लागि परेका आवेदन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)लाई पठाइएको जानकारी दिए।

नेपाल क्रिकेट संघले प्रमुख प्रशिक्षक, महाप्रबन्धक(जीएम), प्रमुख वित्त अधिकृत, सात प्रदेशका लागि सात जना स्थानीय प्रशिक्षक र क्रिकेट म्यानेजरका लागि आवेदन आव्हान गरेको थियो । उनले एक साताभित्रै आईसीसीले प्रमुख प्रशिक्षक पदका उम्मेदवारहरुको छोट्याइएको सूची नेपाल क्रिकेट संघलाई पठाउने बताए।

एकजना प्रमुख प्रशिक्षक पदका लागि दक्षिण एशियाली राष्ट्रहरुसँगै दक्षिण अफ्रिकाबाट समेत आवेदन परेको छ । महासचिब प्याकुरेलले भने, “भारत, श्रीलङ्का, पाकिस्तानसँगै दक्षिण अफ्रिकाबाट प्रमुख प्रशिक्षकका लागि आवेदन परेको छ ।” नेपालबाट प्रमुख प्रशिक्षकका लागि एउटै आवेदन परेको छैन् ।

आईसीसीले जारी गरिएको मापदण्ड बमोजिम पहिलो चरणमा छोट्याएर दश जनाको सूची क्यानलाई पठाउने छ। महासचिब प्याकुरेलले आईसीसीबाट सूची प्राप्त हुनासाथ समिति बनाएर थप छनोट, अन्तवार्ता र नियुक्ति प्रकृया अगाडि बढाइने बताए। अन्तिम छनोट चरणमा आईसीसीको सहमति लिएर नियुक्त गरिने उनले उल्लेख गरे ।

प्रमुख प्रशिक्षक पदका लागि सीए लेभल तीनको योग्यता हुनुपर्ने, तीन वर्ष व्यवसायिक प्रशिक्षणको अनुभव भएको हुनुपर्नेछ । जस अन्तगर्त आईसीसीको पूर्ण सदस्य, पहिलो श्रेणिको टोली, एशोसिएट सदस्य, राष्ट्रिय टोलि वा अन्तर्राष्ट्रिय लिगको अनुभव लिएको हुनुपर्नेछ । ६० वर्ष उमेर हद तोकिएको प्रशिक्षकका उम्मेदवारले एशोसिएट राष्ट्रको एकदिवसीय चक्रबारे जानकार हुनुपर्ने र क्रिकेट संस्कृतिको ज्ञान हुनुपर्ने मापदण्ड तोकिएको छ ।

भारतीय पूर्ब क्रिकेटर उमेश पटवालले समय अगावै अनुबन्धन समाप्त गरेरे फर्केपछि राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षकको पद रिक्त हुन गएको हो । गत् माघदेखि प्रशिक्षकविहीन रहेको नेपाली टोलिको प्रशिक्षण हाल जगत टमाटाले गर्दै आएका छन्।

त्यसैगरी नेपाल क्रिकेट संघको महाप्रबन्धक पदका लागि ४५ जनाको आवेदन परेको छ । संघका कोषाध्यक्ष सिंहले राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान विनोद दासले समेत बोर्ड प्रबन्धकको लागि आवेदन दिनुभएको जानकारी दिए। पूर्बकप्तान दास यसअघि जुनियर टोलिको प्रशिक्षकको रुपमा कार्यरत थिए ।

वित्त अधिकारीका लागि ३५ जना र क्रिकेट प्रबन्धकका लागि पाँचजनाले आवेदन दिएका छन् । सात प्रदेशका सात जना स्थानीय प्रशिक्षकका लागि २१ जनाले आवेदन दिएको नेपाल क्रिकेट संघले जनाएको छ । प्रमुख प्रशिक्षक बाहेकको सबै पदका लागि नेपाली नागरिक नै हुनुपर्ने मापदण्ड तोकिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top