×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्रिय गौरवको योजना मानिएको वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र

९ जेष्ठ २०७५

लहान, ९ जेठ ः राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान–चतरा, गाईघाट–कटारी र सिन्धुली–हेटौँडा सडक आयोजनाको पूर्वी खण्ड निर्माण तीव्र रुपमा अघि बढेको छ । 

भित्री मधेशलाई काठमाडौँसँग जोडने सबैभन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमान सम्मका विभिन्न भागमा कल्भर्ट र पुलपुलेसा निर्माण भइरहेका छन् ।

डेढ वर्षअघि निर्माण शुरु भएको वैकल्पिक उक्त राजमार्गको करीब ३५ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको आयोजना कार्यालय गाईघाटले जनाएको छ । धरान–चतरा, गाईघाट–कटारी तथा सिन्धुली–हेटाँैडा सडक आयोजना पूर्वी खण्डमा १३४ किलोमिटर सडक पर्छ । सडक ११ मिटर फर्मेशन चौडाइ भएको कालोपत्रयुक्त हुने आयोजना कार्यालयले जनाएको छ ।

घरटहराको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निर्माण हुने स्थानमा हुने विवाद मिलान भएसँगै सडक निमार्णले गति लिएको निमार्णाधीन धरान–चतरा, गाईघाट–कटारी र सिन्धुली–हेटौँडा सडक आयोजना पूर्वी खण्ड गाईघाटका आयोजना प्रमुख उमेशविन्दु श्रेष्ठले बताए ।

आर्थिक प्रगति लक्ष्यअनुसार भएका कारण आयोजनाको कामले तीव्रता लिएको हो । हालसम्म भौतिक रूपमा ३५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । श्रेष्ठका अनुसार सडक विस्तार हुने सिन्धुली क्षेत्रमा मुआब्जा निर्धारण भइसकेको र घरटहराका कारणले काम रोकिने अवस्था अन्त्य भएकोले छिट्टै निर्माण सकिने बताए ।

उदयपुरतर्फको मुआब्जासम्बन्धी फाइल जिल्ला प्रशासन कार्यालयमा पेश गरी सकिएको आयोजन प्रमुख श्रेष्ठले बताए । मुआब्जाको निवेदन दिन छुटेकाका लागि निवेदन दिन र लगत कट्टा गर्न शुरु भइसकेको छ । केही दिन भित्रै मुआब्जाको विषय टुंगिने उनले बताए ।

विभिन्न स्थानमा सडकको सब ग्रेड, सब बेस, होम पाइप, स्लाभ कल्भर्ट, मेसिनरी वाल लगायतका काम भइरहेको निर्माण व्यवसायी जेडआइइसी शर्मा लामा जोइन्ट भेन्चरका डेपुटी कन्ट्याक्ट म्यानेजर इन्जिनियर सीताराम दाहालले बताए । उदयपुरतर्फ निर्माणमा खासै अवरोध नभए पनि सिन्धुलीतर्फ विद्युत्ले पोल हटाउन ढिला गरेको छ ।

सडक योजना तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण गरिसक्ने लक्ष्य राखी २०७३ साल कात्तिक २२ गते निर्माण व्यवसायी जेडआइइसी शर्मा लामा जोइन्ट भेन्चरसँग रु सात अर्ब ३६ करोड ९९ लाख ८४ हजारमा ठेक्का सम्झौता भएको थियो । राजमार्गले उदयपुरको वेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुर गढीगाउँपालिका र कटारी नगरपालिकाका स्थानीयवासीलाई फाइदा पुग्नेछ भने सिन्धुलीतर्फ दुधौली नगरपालिका र कमलामाई नगरपालिका हुँदै हेटौँडासम्म सडक पुग्नेछ ।

वैकल्पिक मार्गको निर्माणमा अवरोध नआए निर्धारित समयमै निमार्ण सम्पन्न हुने स्थानीयवासी बताउँछन् । आफ्नै घरआँगनमा राजमार्ग निर्माण शुरु भएसँगै स्थानीयवासी हर्षित छन् । राजमार्ग बनेपछि काठमाडौँसँग सहज यातायातको पहँुच हुनेछ ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top