Nepal Times
Nepal Times
3
Shares

राष्ट्रिय टोली र इग्ल्यान्ड ‘सी’ बीच मैत्रीपूर्ण खेल हुने

राष्ट्रिय टोली र इग्ल्यान्ड ‘सी’ बीच मैत्रीपूर्ण खेल हुने

८ माघ, काठमाडौं ।
राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको ‘सी’ टोलीबीच दुई वटा मैत्रीपूर्ण खेल हुने औपचारिक सहमति भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालयमा बुधबार एन्फा अध्यक्ष र एफए प्रतिनिधि जोन्सले मे २५ र सन् २०२१ मा अर्को मैत्रीपूर्ण खेल खेल्ने सम्झौतामा हस्ताक्षर गरे ।

होम एन्ड अवेमा हुने मैत्रीपूर्ण खेलको पहिलो खेल जेठ १२ गते मा इग्ल्यान्डमा हुनेछ । नेपालमा हुने खेलको भने मिति तय हुन बाँकी छ । नेपाली टोली र इग्ल्यान्ड ‘सी’ बीचको खेल अल्डरसट फुटबल मैदानमा हुनेछ । नेपाली ब्रिटिस गोर्खाहरुको बाक्लो बसाई रहेको ठाँउमध्ये अल्डरसट पर्दछ ।

एन्फा अध्यक्ष शेर्पाले सम्झौतालाई नेपाली फुटबल विकासको लागि अर्को एउटा राम्रो सुरुवात भएको बताएका छन् । उनले भविष्यमा अन्य कार्यक्रममा पनि सम्झौता हुने विश्वास व्यक्त गरे ।

एफए प्रतिनिधि जोन्सले प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेको बताएका छन् । एफएका अर्का प्रतिनिधि सले अल्डरसट फुटबल मैदान नेपालीका लागि घरेलु मैदान जस्तै भएको बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.