Nepal Times
Nepal Times
3
Shares

राष्ट्रिय सभाको उपनिर्वाचन : आयोगद्वारा चुनाव चिह्न प्रदान

राष्ट्रिय सभाको उपनिर्वाचन : आयोगद्वारा चुनाव चिह्न प्रदान

१६ बैशाख, काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनका लागि पाँच दललाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

निर्वाचन प्रयोजनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गरी पाँच दल दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरी प्रदान गर्ने निर्णय गरेको बिहीबार आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

आयोगले दल सम्बन्धी ऐनमा भएको मान्यता अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सूर्य चिन्ह , नेपाली कांग्रेसलाई रुख चिन्ह , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई लाकारभित्र हँसिया हथौडा चिन्ह , राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह , नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्हको मतपत्रमा समावेश गर्ने निर्णय पनि आयोगले गरेको हो।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाताको नाम समावेश गरी तयार पारिएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.