×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन जारी ,कस्तो छ प्रतिस्पर्धा ?

२९ फाल्गुन २०८०

२९ फागुन ,काठमाण्डौ ।

राष्ट्रिय सभामा अध्यक्ष पदका लागि अहिले निर्वाचन जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान बसेको राष्ट्रिय सभाको बैठकले चुनावको प्रक्रिया अघि बढाएको हो । अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन् ।

समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन् । नेपाली कांग्रेसका सांसद युवराज शर्माले पनि उम्मेदवारी दर्ता गरेका छन् । शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन् ।

कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिएको छ । उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन् । राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ । एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन् । उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन् ।

राष्ट्रिय सभामा कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन् । उम्मेदवारको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने नियमावलीको व्यवस्था छ । राष्ट्रिय सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत पाउने उम्मेदवार निर्वाचित भएको घोषणा गरिन्छ ।

यस निर्वाचनबाट आउने अध्यक्ष नयाँ संविधानबमोजिमको राष्ट्रिय सभाको दोस्रो अध्यक्ष हुनेछन् । पहिलो अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि यही फागुन २० गते सकिएकाले यो पद रिक्त भएको हो । तिमिल्सिना एमाले सांसद थिए । गठबन्धनमा तलमाथि नभए दाहालले बहुमत पाउने निश्चितजस्तै छ ।

सत्ता गठबन्धनसँग ३९ सांसद छन् । अध्यक्ष जित्न २९ मत चाहिन्छ । सुरुमा कृष्ण सिटौलालाई अध्यक्षमा उठाउने भनेको कांग्रेसले गठबन्धनको गणित उल्टिएपछि युवराज शर्मालाई अघि सारेको हो । माओवादीले पनि सुरुमा हालकै उपाध्यक्ष उर्मिला अर्याल वा नवनिर्वाचित सदस्य झक्कु सुवेदीको नाम चर्चामा ल्याएको थियो ।

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको दाबी नछाडेपछि माओवादी गठबन्धन नै तोडेर एमालेसँग मिसिन पुग्यो । एमालेसँग राष्ट्रिय सभा अध्यक्ष आफ्नो भागमा पार्ने गरी सहमति भएपछि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै भाइ नारायण दाहाललाई उम्मेदवारका रूपमा अघि सारेका हुन् । राष्ट्रिय सभाको उपाध्यक्ष भने एमालेले पाउने सहमति भएको छ । आजको निर्वाचनलाई लिएर प्रमुख दलहरुले ह्वीप लगाएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top