×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

राष्ट्र बैंकको नयाँ गभर्नर को ? दलको कि देशको ?

९ चैत्र २०८१

११ चैत, काठमाण्डौ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल आगामी चैत २४ मा सकिँदैछ । यससँगै नयाँ अर्थात १९ औं गभर्नर बन्ने आकांक्षीहरुले शक्ति केन्द्रहरुमा दौडधुप सुरु गरिसकेका छन् ।

मौद्रिक नीति तर्जुमा गर्ने, नोटमा हस्ताक्षरसहित अन्तर्राष्ट्रिय एक्पोजरका कारण पनि गभर्नर पद सबैको रोजाइमा पर्ने गरेको छ । पछिल्लो समय त सरकालाई सफल वा असफल बनाउन समेत भूमिका खेल्न सक्ने भएकाले राजनीतिक रुपमा समेत गभर्नरलाई उच्च महत्त्वका साथ हेरिँदै आएको छ ।

सोही कारण १९औं गभर्नरका आकांक्षीहरु शक्ति केन्द्रसँग निकटता बढाउँदै आफू गभर्नर भए शिथिल अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने ब्रिफिङ गर्न थालेका छन् । राजनीतिक नियुक्ति भएकाले पनि योग्यता पुगेका आकांक्षीहरु आफू निकटका नेताहरुको विश्वास जित्न लागिपरेका छन् ।

राष्ट्र बैंक ऐनले गभर्नर सिफारिस गर्दा सिफारिस समितिले बहालवाला डेपुटी गभर्नर मध्येबाट एक जनाको नाम अनिवार्य सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । जसकारण बहालवाला दुबै डेपुटी गभर्नर गभर्नरको स्वभाविक मुख्य दाबेदार हुन् ।

नेपाल राष्ट्र बैंक ऐनमा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा स्नातकोत्तर गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य कानुनको क्षेत्रमा कार्यअनुभव भएको व्यक्ति गभर्नर बन्न योग्य हुने उल्लेख छ ।

नेपाल सरकार वा राष्ट्र बैंकको विशिष्ट श्रेणीको विश्वविद्यालको प्राध्यापक, वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतलाई ऐनले तोकेको कार्यअनुभव मानिने उल्लेख छ । त्यस्तै अन्तर्राष्ट्रिय संघ संस्थाको कार्यकारी तहको वा सो सरहको पद र मर्यादाक्रमले सोभन्दा उच्च तहको पदमा काम गरेकालाई पनि कार्यअनुभव मानिने उल्लेख छ ।

राष्ट्र बैंक ऐनले गभर्नरका लागि उमेरहद तोकेको छैन् । तर, अर्थमन्त्रालय सम्वद्ध निकायहरुको पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधनले भने गभर्नर नियुक्तिका लागि ३० वर्ष उमेर पूरा भई ६५ वर्ष नकटेको हुनुपर्ने व्यवस्था गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत भएको सोही मापदण्ड गभर्नरका केही दाबेदारका लागि बाधक बन्ने देखिएको छ । उक्त योग्यता पुगेका गभर्नरको दावेदारको सूचीमा राष्ट्र बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशक, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, नेपाल सरकारका पूर्वसचिव लगायका व्यक्ति दावेदार छन् ।

राष्ट्र बैंकको गभर्नर बन्ने आकांक्षीहरु करिब २ दर्जन छन् । जसमध्ये एक दर्जनलाई गभर्नरको बलियो दाबेदारको रुपमा हेरिएको छ । राष्ट्र बैंकको सिनियर डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना स्वभाविकरुपमा गभर्नरको सबैभन्दा बलियो दाबेदार हुन् । ढुंगानाको निकटता एमालेतिर छ ।

यस्तै राष्ट्र बैंकमा कार्यकारी निर्देशक बनेको केही समयमै डेपुटी गभर्नरमा नियुक्त भएका बमबहादुर मिश्र प्रधानमन्त्री केपी ओलीका छिमेकी मात्रै होइनन्, एमाले निकटसमेत हुन्। राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ पनि गभर्नरका बलियो दावेदार हुन् ।

उनी हाल राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा (काज सरुवा) भएर कार्यरत छन् । श्रेष्ठले एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए ।

गभर्नरका अर्का बलियो दाबेदार हुन् राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट । सुदूरपश्चिमका भट्ट नेपाली कांग्रेस निकट मानिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग सिधा पहुँच भएका भट्ट कांग्रेसको भागमा गभर्नर परेमा बलियो दाबेदार हुन् ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं लगानी बोर्ड नेपालका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पनि गभर्नरका बलिया दाबेदार हुन् । सत्ता साझेदार दुई ठूला नेता शेरबहादुर देउवा र केपी ओलीसँग भट्टको सिधा पहुँच छ ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशकका रुपमा कार्यरत गोकर्ण अवस्थी पनि गभर्नर बन्ने दौडमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा केही दिनअघि कांग्रेसबाट गभर्नरका लागि सम्भावित उम्मेद्वारहरु को को हुन सक्छन् ? भनेर कोर टिममा भएको छलफलमा अवस्थीको नाम पनि आएको थियो ।

यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना पनि गभर्नरको दौडमा अग्रस्थानमा छन् । उनी कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेका अशोक शेरचन एमालेसँग निकट छन् ।

ओलीसँग सिधा सम्बन्ध रहका शेरचन गभर्नरको बलियो दाबेदार हुन् । कांग्रेसको कोटाबाट राष्ट्र बैंकको सञ्चालक समिति सदस्य नियुक्त भएका रवीन्द्र पाण्डे पनि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

डा. रामशरण महत र डा. प्रकाशशरण महतसँग निकट पाण्डे पछिल्लो समय आरजु देउवासँग राम्रो सम्बन्ध रहेकाले कांग्रेसका भागमा गभर्नर परे गभर्नरको बलियो दाबेदार हुन्। यस्तै पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री पनि गभर्नरका लागि बलियो दाबेदार हुन् । गभर्नर बन्ने दौडमा बैंकर सन्तोष कोइराला पनि अग्रस्थानमा देखिएका छन् ।

पछिल्लो समय गभर्नर पदमा आफू समर्थित व्यक्ति पु¥याउन राजनीतिक दल र स्वार्थ समूह निकै सक्रिय छन् । निजी क्षेत्रलाई पनि केन्द्रीय बैंकले लिने नीतिले ठूलो अर्थ राख्छ । त्यसकारण व्यावसायिक घरनाहरु समेत आफू अनुकुलको व्यक्तिलाई गभर्नर बनाउन ठूलै प्रयास गर्दै आएका छन् ।

परम्परागतरुपमा दुई मुख्य प्रतिस्पर्धी दल कांग्रेस र एमाले मिलेर सरकार सञ्चालन गरिरहेको अवस्थामा कुनै एक पार्टी निकटभन्दा पनि दुवै पार्टीलाई विश्वासमा लिनसक्ने दाबेदारले बाजी मार्ने सम्भावना बलियो छ ।

पछिल्लो समय गभर्नर पद राजनीतिक यात्राको नयाँ पाइला बनेको छ भने सत्तामा विपक्षी दल हुँदा पनि बार्गेन गर्न सक्ने बलियो आधार बनेको छ । त्यसको पछिल्लो उदाहारण हुन् गभर्नर महाप्रसाद अधिकारी । उनले कांग्रेस र माओवादी गठबन्धनको सरकारलाई चरम असहयोग गरे भने एमालेमाथि सफ्ट कर्नर राखेर मौद्रिक उपकरणको प्रयोग गरेको टिप्पणी हुने गरेको छ ।

यसबीच चैत २४ मा गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सरकारले सिफारिस समिति नै गठन गरेको छैन ।अर्थतन्त्र प्रतिकूल रहेको र नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’ मा रहेको बेला गभर्नर छनोटमा सरकार गम्भीर नहुने हो कि भन्ने चिन्ता पनि छ ।

अर्थमन्त्री विष्णु पौडेलले गत २२ फागुनको मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठनको प्रस्ताव लगेका थिए तर एकपक्षीय समिति बन्न लागेको भन्दै कांग्रेसका मन्त्रीहरूले असहमति राखेका थिए । त्यसपछिका मन्त्रिपरिषद् बैठकमा यो विषयमा छलफल भएको छैन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top