Nepal Times
Nepal Times
3
Shares

राष्ट्र बैंकले आज ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले आज ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

४ असोज, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज (सोमबार) बोलकबोल प्रक्रियाबाटरु ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ ।

केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले रु पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ । उक्त बिल आगामी पुस ६ गते परिपक्व हुनेछ ।

यस्तै रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी चेत ८ गते परिपक्व हुनेछ ।

केन्द्रीय बैंकले रु दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागेको छ । सो बिल विसं २०७९ असोज ४ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले यसअघि भदौ २८ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.