Nepal Times
Nepal Times
3
Shares

राष्ट्र बैंक विराटनगरका कर्मचारीको एकता अधिवेशन सम्पन्न

राष्ट्र बैंक विराटनगरका कर्मचारीको एकता अधिवेशन सम्पन्न

२४ साउन,विराटनगर ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ,विराटनगर समिति तथा राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैंक विराटनगर समितिबीच एकता अधिवेशन सम्पन्न भएको छ । विराटनगरस्थित राष्ट्र बैंकको सभाहलमा ती दुई कर्मचारी संगठनबीच एकता अधिवेशन सम्पन्न भएको हो ।

तात्कालिन माओबादी केन्द्र र एमाले निकट दुई जनबर्गिय संगठनबीच एकता पछि नयां कार्यसमिति गठन गरिने कार्यतालिका छ । यसअघि केन्द्रीय कार्यालय बाहेक अन्य पाँच वटा प्रदेशमा ती संगठनहरुबीच एकता भइसकेको पेशागत महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनालले बताए । उनले छिट्टै केन्द्रीय कार्यालयमा क्रियाशिल दुवै संगठनबीच समेत एकता हुने उनले जानकारी दिए ।

एकता अधिवेशनको कार्यक्रमको अवसरमा सेवा निवृत ६ जना कर्मचारीहरुलाई सम्मान गरिएको छ । सो क्रममा शंकर वस्ती,कमला खतिवडा,शकुन्तला श्रेष्ठ,देवीजीप्रसाद महत,योगेन्द्र डांगी र डम्बरबहादुर खत्रीलाई फुलमाला खादा तथा सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिका अध्यक्ष तारानाथ दाहाल र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सुशिलकुमार देव सहित दुवै संगठन आबद्ध पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । एकता अधिवेशनको आजैको बन्द सत्रबाट नयां कार्यसमिति चयन गरिने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.