Nepal Times
Nepal Times
3
Shares

राष्ट्र बैङ्कको सर्वेक्षण : अर्थतन्त्र सामान्य हुन नौ महिना लाग्ने

राष्ट्र बैङ्कको सर्वेक्षण : अर्थतन्त्र सामान्य हुन नौ महिना लाग्ने

काठमाडौंँ : कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन नौ महिना लाग्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले कोरोनाबाट भएको प्रभावको मूल्याङ्कन नतिजाले यस्तो निष्कर्ष निकालेको हो ।

सर्वेक्षणका सहभागी उद्योग÷व्यवसायीले सामान्य अवस्थामा फर्कन औसतमा करिब नौ महिना लाग्ने बताएका छन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १३ महिना लाग्ने देखिएको छ । त्यसैगरी ८२.३ प्रतिशत उद्योग÷व्यवसायीले बन्दाबन्दीपछि अहिलेकै व्यवसायलाई निरन्तरता दिने देखिएको भए पनि केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेकोसमेत देखिएको छ । बन्दाबन्दी अवधिमा उद्योग÷व्यवसायको उत्पादन ठप्प हुँदा परेको असर कर्मचारी कटौतीसम्म पुगेको केन्द्रीय बैङ्कले स्पष्ट पारेको छ ।

केन्द्रीय बैङ्कले बुधबार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’ अनुसार २२.५ प्रतिशत कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ । कटौती भएकामध्ये अस्थायी÷करारका कामदार दुई तिहाइभन्दा धेरै छन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी÷कामदार कटौती गरेको देखिएको छ ।,यो समाचार आजको गोरखापत्र दैनिकमा भेषराज बेल्बासेले लेखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.