Nepal Times
Nepal Times
3
Shares

रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ गते उपनिर्वाचन हुने

रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ गते उपनिर्वाचन हुने

९ बैशाख, काठराष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा बादलको ठाउँमा उपनिर्वाचन हुने भएको छ।

आगामी जेठ ६ गते उपनिर्वाचनको मिति घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ।

यसअघि गत आइतबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार बादलको सांसद पद रिक्त गरेका थिए।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ। सोही अनुसार निर्वाचनको लागि मिति तोकिएको हो।

 

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.