Nepal Times
Nepal Times
3
Shares

रियल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

रियल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

२३ बैशाख, काठमाडौं । रियल मड्रिडलाई २–० गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा चेल्सीलाई जिताउन टिमो वार्नर र मिसन माउण्टले एक÷एक गोल गरे । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाइनल प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ ।

सिटी मंगलवार राति पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

उसले सन् २००८ मा म्यानचेस्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा उपाधि गुमाएको थियो । त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.